Date
शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

निर्वाचन खर्चकाे विवरण नबुझाउने पर्साका १२ पालिका प्रमुखलाई जरिवाना

वीरगंज । स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित पर्साका १२ पालिका प्रमुखलाई जरिवाना भएकाे छ । स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहसहित पर्साका १२ पालिका प्रमुखलाई जरिवाना भएकाे हाे ।

वीरगंज महानगरपालिकाका प्रमुख सिंह, उप प्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गाेकर्ण पाठक, उप प्रमुख पूजा चाैधरी, पाेखरिया नगरपालिकाका प्रमुख प्रधुमन चाैहान, उप प्रमुख रुबि ठाकुर, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेली र उप प्रमुख सुस्मा कुमारी कुशवाहालाई जरिवाना भएकाे छ ।

यसैगरी छिपहरमाई गाउँपालिकाका प्रमुख मनाेज गुप्ता, उप प्रमुख लिलावती देवी कानु, धाेबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चाैहान, उप प्रमुख मंजु देवी, पकहा मैनपुर गाउँपालिकाका प्रमुख सुरेश मेहता, उप प्रमुख सरफुन नेसा, बिन्दवासिनी गाउँपालिका प्रमुख प्रमाेद कुमार तिवारी, सखुवा प्रसाैनी गाउँपालिका प्रमुख यसवन्त यादव, उप प्रमुख सर्मिला बिष्ट, कालिकामाई गाउँपालिका प्रमुख बशिष्ट गुप्ता, जिराभवानी गाउँपालिका प्रमुख अनाेज चाैधरी, जगरनाथपुर गाउँपालिकाकी उप प्रमुख बबिता सिंह, पटेर्वा सुगाैली गाउँपालिकाकी उप प्रमुख ममता महताे, ठाेरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ र उप प्रमुख गाेकुल कुमारी श्रेष्ठलाई जरिवाना भएकाे छ ।

यसैगरी वीरगंज महानगरपालिकाकाे ३२ वटै वडाका वडाध्यक्ष र अन्य पालिकाका पनि समय मै निर्वाचन खर्चकाे विवरण नबुझाउने अधिकांश वडाध्यक्षहरुलाई निर्वाचन आयाेगले जरिवाना गरेकाे छ । 

निर्वाचन आयोगको मिति २०७९ साउन ३१ को निर्णय बमोजिम गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनीएकोमा सो समयावधि भित्र प्राप्त हुन आएका स्पष्टीकरणहरु अध्ययन गरी हेर्दा स्पष्टीकरणको व्यहोरा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको आधारमा जरिवाना गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा बमोजिम महानगरपालिका प्रमुख, उप प्रमुखका उम्मेदवारलाई जनही रु. ७ लाख ५० हजार, वडाध्यक्ष, वडा सदस्यका उम्मेदवारहरुलाई जनही रु ३ लाख, नगरपालिकाका प्रमुख, उप प्रमुखका उम्मेदवारहरुलाई जनही रु ४ लाख ५० हजार, वडाध्यक, वडा सदस्यका उम्मेदवारहरुलाई रु २ लाख, गाउँपालिका प्रमुख, उप प्रमुखका उम्मेदवारहरुलाई जनही रु ३ लाख ५० हजार, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुलाई रु १ लाख ५० हजारकाे दरले जरिवाना भएकाे छ ।

जरिवाना नबुजाउने उम्मेदवाहरुले अगामी ६ बर्ष सम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने निर्वाचन आयाेगले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

थप समाचार

थप समाचार

परवानीपुर–४ का सूचिकृत नभएका उद्योगहरुलाई सात दिनभित्र दर्ता गर्न निर्देशन

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका–४ मा रहेका सूचिकृत तथा दर्ता नभएका उद्योगहरुमाथि बिहिवार एक संयुक्त टोलीले अनुगमन गर्दै सात दिनभित्र अनिवार्य रूपमा उद्योग दर्ता गर्न...

अध्यक्ष नेपालविरुद्धको मुद्दामा सत्य बाहिर ल्याएर फर्किन्छौं : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधव कुमार नेपालविरुद्ध दायर मुद्दालाई योजनाबद्ध राजनीतिक चालको रूपमा लिँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता...

अध्यक्ष नेपालमाथि दर्ता भएको मुद्दा ओलीको राजनीतिक प्रतिशोध हो : नेता चौधरी

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य मनोज चौधरीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि दर्ता गरिएको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको...