वीरगंज । पर्साकाे बहुदरमाई नगर कार्यपालिका सदस्यकाे निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच तालमेल भएकाे छ । केन्द्रिय गठबन्धनकाे सिधान्त र सम्झाैता विपरित दुबै दलले कार्यपालिकाकाे निर्वाचनमा तालमेल गरेका छन् ।
८ कार्यपालिका सदस्यकाे लागि हुने निर्वाचनमा एमाले-जसपाले मिलेर मनाेनयन दर्ता गराएका छन् भने कांग्रेसले एकलै मनाेनयन दर्ता गराएकाे छ ।
३ दलित वा अल्पसंख्यक सदस्यकाे लागि एमाले र जसपाबाट ३ जना र कांग्रेसबाट ३ जनाकाे मनाेनयन दर्ता भएकाे छ । एमालेबाट मुखदेव प्रसाद कानु, जसपाबाट प्रदिप गुप्ता र रामरेखा सिंह राजपुतकाे मनाेनयन दर्ता भएकाे छ । कांग्रेसबाट इमाम मियाँ, दिपेन्द्र पंडित कुम्हाल र राजेश्वर प्रसाद साह कानुकाे मनाेनयन दर्ता भएकाे छ ।
महिला सदस्यमा एमालेबाट नगिया देवी, समसा खातुन, सुनिता देवी, जसपाबाट कुन्ती देवी र तेतरी देवी कनुइनकाे मनाेनयन दर्ता भएकाे छ भने कांग्रेसबाट उषा देवी, प्रमशिला देवी राम, बबिता देवी कुशवाहा, मंजु देवी साह र लालसा कुमारीले मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृतकाे कार्यालय बहुदरमाईले जनाएकाे छ ।
९ वटा वडा रहेकाे बहुदरमाई नगरपालिकामा जसपा गाउँपालिका अध्यक्षसहित १ वडामा, एमाले उपाध्यक्षसहित ३ वडामा र कांग्रेस ४ वडामा मात्र चुनाव जितेकाे छ भने एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।