Date
बुध, जेष्ठ २१, २०८२
Wed, June 4, 2025

कालिकामाई ३ काे वडाध्यक्षमा पुन: जसपाका पटेल विजयी

वीरगंंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ काे अध्यक्षमा पुन: संजय कुमार पटेल निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार पटेल ६५० मत ल्याएर वडाध्यक्षमा विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय कालिकामाईले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका रामशिष प्रसाद बरैई ५६३ मत ल्याएका छन् । पटेल ८७ मत अन्तरले विजयी भएका हुन् । पटेल यस अघिकाे २०७४ सालकाे निर्वाचनमा पनि तत्कालिन संघिय समाजवादी फाेरम नेपाल र हालका जसपाबाट नै विजयी भएका थिए ।

नेपाल सुशासन पार्टीका दिनेश प्रसाद कुर्मी ३२३ मत, नेकपा एमालेका राजेश प्रसाद कुर्मी ८७ मत, नेकपा माओवादी केन्द्रका अमरदिप पटेल कुर्मी ५ मत र स्वतन्त्र उम्मेदवार कामेश्वर साह तेली एक मत पाएका छन् ।

गाउँपालिका अध्यक्षमा सब भन्दा बढी जसपाका बशिष्ट गुप्ताले ७११ मत, कांग्रेसका अजय पटेलले ३५६ मत, एमालेका उम्मेदवार निर्वतमान गाउँपालिका उपाध्यक्ष राजेशिया ११३ मत पाएका छन् ।

उपाध्यक्षमा सब भन्दा बढी जसपा कै सहाना खातुन ६९५ मत, कांग्रेसकी राजमति बरैइनी ४६५ मत र एमालेकी अंशु आनन्दले १०० मत पाएका छन् । 

थप समाचार

थप समाचार

वीरगंज ‘हीट स्ट्रोक’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

वीरगंज । गर्मीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको आयोजनामा “हीट स्ट्रोक: लक्षण, व्यवस्थापन र रोकथाम” विषयमा एकदिने जनचेतनामूलक कार्यक्रम आज...

लिटिल एञ्जल्स स्कूलमा कक्षा कोठा सजावट प्रतियोगिता सम्पन्न

वीरगंज । लिटिल एञ्जल्स स्कूल, वीरगञ्जमा विद्यार्थीहरूको सिर्जनशीलता, सौन्दर्य चेतना र सहकार्य क्षमताको अभिवृद्धि गर्न ‘कक्षा कोठा सजावट प्रतियोगिता’ आयोजना गरिएको छ । विद्यालयमा सकारात्मक...

बिकाशमा नमुना बन्दै परवानीपुर गाउँपालिका

वीरगंज । नेपालको सबैभन्दा कान्छो गाँउपालिकाको रुपमा रहेको बाराको परवानीपुर गाँउपालिका बिकाशको अनुपम बन्दै गएको छ । त्रिभुवन लोकमार्ग संग जोडिएको परवानीपुर गाँउपालिकामा ग्रामिण...