वीरगंज । नेकपा एमाले (माधव-झलनाथ) पक्ष निकट युवा संघ बारा र पर्साले संयुक्त रुपमा शनिबार सिन्धुपाल्चोककाे बाढि पीडितकाे लागि राहत पठाएकाे छ ।
अविरल बर्षाको कारण सिन्धुपाल्चोकमा भएका बाढी पीडितहरुको लागी २०० बोरा चामल, चाउचाउ, बिस्कुट र औषधि सामाग्री पठाइएको युवा संघका केन्द्रिय सचिव अरुण यादवले वताए ।
उक्त राहत समाग्री युवा संघ बारा र पर्सा पदाधिकारी र केही समाज सेवीहरुकाे सहयोगमा संकलन गरी पठाइएकाे उनले जानकारी दिए ।
राहत पठाउने कार्यमा युवा संघका केन्द्रिय सचिवालय सदस्य अनिल पटेल, युवा संघका पर्साका अध्यक्ष भुपेन्द्र साह, बाराका अध्यक्ष राम यादव, कलैया उप महानगरपालिकाका अध्यक्ष ओम साह, संजू चौधरी, आलमगिर अंसारी, रबी गुप्ता लगायतकाले सहयाेग गरेका थिए ।