भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नः ५ भिस्वामा राष्ट्रिय यूवा संघ नेपालको वडा स्तरिय कमिटी गठन भएको छ ।
छिपहरमाई गाउँपालिकाको वडा नं ५ भिस्वास्थित श्री मंगल माध्यमिक विधालयको सभा हलमा भएको एक भेलाले अनाेज पटेलकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।
जुन कमिटीको उपाध्यक्ष औरनजेब मियाँ, सचिव सगिर मियाँ, सह सचिव बिटु कुमार, कोषाध्यक्ष तमाना मियाँ चयन भएका छन् ।
राष्ट्रिय युवा संघ छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहको अध्यक्षतामा भएकाे भेलामा वडा सदस्य जवाहिर साह कानु, वडा सदस्य मुस्लिम मियाँ, वडा सदस्य महम्मद मियाँ लगायतको उपस्थिती रहेको थियो ।