वीरगंज । पाेखरियामा साेमबार लैंगिक हिंसा एवम् समाजिक कुरुती विरुद्धकाे जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ । पाेखरिया नगरपालिकाकाे सहयाेग र इलाका प्रहरी कार्यालय पाेखरियाकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।
श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममा वाेल्दै पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले लैंगिक हिंसा न्युनिकरणकाे लागि महिलाहरु अगाडी आउन जरुरी रहेकाे वताए ।
कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका मेयर राैनियारले त्यसकाे लागि शिक्षा जाेड दिन जरुरी रहेकाे धारणा राख्नु भयाे ।
संघिय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरिक्षक किशाेर कुमार दहालले महिला नेतृत्व तहमा आएपछि मात्र लैंगिक हिंस न्युनिकरण गर्न सकिने वताए । उनले प्रहरीकाे एकलाे प्रयासले मात्र हिंसा न्युनिकरण सम्भव नरहेकाे वताउदै बिशेष गरी युवाहरुकाे सहयाेग जरुरी रहेकाे धारण राखे ।
प्रहरी बरिष्ठ उपरिक्षक दहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, वडाध्यक्ष लक्ष्मण साह, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापा, सशस्त्र प्रहरी बेस क्याम्प पाेखरियाका प्रहरी निरिक्षक अमर राय, पाेखरिया युवा समाजका सुजित गिरी लगायतकाले मन्तव्य राखेका थिए ।