Saturday, May 31, 2025

छिपहरमाईकाे वडा नं. १ र २ मा युवा संघकाे समिति गठन

Date:

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापूरमा नेकपा ओली समुह निकट राष्ट्रिय युवा संघको वडा स्तरिय कमिटी गठन भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापूरस्थित माईस्थानमा भएकाे एक भेलाले संतोष कुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेकाे हाे । जुन समितिकाे उपाध्यक्ष उदय साह कलवार, सचिव प्रदीप कुमार राम, सह -सचिव देवनाथ साह कलवार, कोषाध्यक्ष दिनेश यादव चयन भएका छन् ।

जिल्ला समन्वय समिति सदस्य तथा नेपाल युवा संघको छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहको प्रमूख अतिथ्यता तथा वडा नः १ का वडा अध्यक्ष राजबली राउत अहिरको विशिष्ट आतिथ्यतामा भएकाे भेलामा वडा सदस्य भाग्रीत महरा, नेकपाको गाउँपालिका कमिटी सदस्य रामबाबु साह, भिखारी पटेल लगायतकाे उपस्थिती रहेको थियो ।

यस्तै, छिपहरमाई गाउँपालिकाको वडा नं. २ सम्भौता र वडा नं. ४ तुलसीबर्वा गरि ३ वटै वडामा शनिबार युवा संघको गठन भएको छ ।

गाउँपालिका भित्र बाकी रहेको वडा नं. ५ भिस्वा र वडा नं. ३ जयमँगलपुर एक हप्ता भित्रमा नै युवा संघ गठन गरिने युवा संघका गाउँपालिका अध्यक्ष साहले जानकारी दिए ।

थप समाचार

थप समाचार

सरकारको आगामी बजेटमा नारायणी रंगशाला प्राथमिकता किन परेन ? के भन्छन् जिल्लाबासी !

वीरगन्ज । सरकारले अगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा वीरगंजलाई वेवास्ता गरेको देखिएको छ । सरकारमा पर्साका ३ मन्त्रीहरु हुँदा हुँदा पनि सरकारले वीरगंजको...

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...