Sunday, June 1, 2025

वीरगञ्जमा अनेरास्ववियूद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

Date:

बीरगञ्ज ।  नेकपा प्रचण्ड-माधव समुह निकट अनेरास्ववियू पर्साले बिहिबार वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।

अनेरास्ववियूकाे केन्द्रिय सर्कुलर अनुसार ७७ वटै जिल्लामा पुतला दहनकाे कार्यक्रम अन्तर्गत वीरगञ्जमा पनि विरोध प्रदर्शन तथा पुतला दहन गरिएको हो । अनेरास्ववियू पर्साका अध्यक्ष रामबाबु यादबको अध्यक्षतामा भएको विरोध प्रदर्शन वीरगञ्जको घडिअर्वा पोखरीबाट शुरु भएर माइस्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।

विरोध सभामा सहभागीहरुले ‘केपी ओली मुर्दावाद, संसद विघटन गर्न पाइँदैन, संविधान विरोधी निर्णय खारेज गर’ लगायतका नारा लगाएका थिए । पुतला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले आफैले बनाएको संविधानलाई लत्याएर गरिएको संसद विघटन निन्दनिय भएको बताए । केपी शर्मा ओली शक्तिआर्जनका निम्ती जस्तोसुकै कदम चाल्न सक्ने भएको हुँदा गणतन्त्र खतरामा पर्न सक्ने सङ्केत गर्दै उक्त जोखिमपुर्ण अवस्था आउन नदिनका लागी अनेरास्ववियू सडकमा उत्रेकाे उनीहरुकाे भनाई थियाे । 

बिराेध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य मनोज चौधरी, नेता अरबिन्द सिंह, राष्ट्रिय युवा संघका केन्द्रिय अरुण यादब, अनेरास्ववियुका केन्द्रिय सदस्यहरु प्रभावकर गुप्ता, शिवम साह, जुवेर आलम, पूर्व केन्द्रिय सदस्य इशक कुमार, अनेरास्ववियु ठाकुरराम क्याम्पस इकाई अध्यक्ष सन्दिप गुप्ता, युवा संघका वीरगंज महानगर अध्यक्ष उमेश ठाकुर, अनेरास्ववियुका नेताहरु रन्दिप श्रीवास्तव, रामबाबु मण्डल, उपेन्द्र साह, सुशिल हजरा लगायतको सहभागिता रहेको थियाे ।

थप समाचार

थप समाचार

“अनु चौधरीको स्वरमा ‘बाबुजी…’ सार्वजनिक, उत्कृष्ट डान्सिङ प्याट्रनको भिडियो”

काठमाडौं । गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द र संगीतमा तयार गरिएको यस गीतको एरेञ्ज,...

एकीकृत समाजवादी पर्साकाे सचिवालय बैठक सम्पन्न, विभागीय जिम्मेवारी बाँडफाँड

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला सचिवालय बैठक शनिबार वीरगंज सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न बैठकले सचिवालय...

सञ्चार मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री...