Saturday, May 31, 2025

युवा संघको महानगर अध्यक्षमा ठाकुर

Date:

वीरगंज । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको वीरगंज महानगर कमिटीको अध्यक्षमा उमेश ठाकुर चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको हिजो काठमाडौंमा बसेको बैठकले ठाकुरलाई अध्यक्षमा चयन गरेको हो । नेकपा एमाले र एमाओवादी बीच एकीकरण भई बनेको नेकपाको युवा संगठनको एकीकरणको सिलसिलामा बसेको बैठकले उक्त निर्णय गरेको छ ।

साथै केन्द्रिय कार्यालयकै बैठकले युवा संघकाे पर्सा इन्चार्जमा विमल पौडेल, साह इन्चार्जमा विकास रौनियार र महानगर इन्चार्जमा पिन्टु रौनियारलाई चयन गरेको युवा संघका केन्द्रिय सदस्य अरुण यादवले बताए ।

जिल्लाको संयोजक र सह संयोजक यस अघि नै चयन भई सकेका छन् ।

थप समाचार

थप समाचार

सरकारको आगामी बजेटमा नारायणी रंगशाला प्राथमिकता किन परेन ? के भन्छन् जिल्लाबासी !

वीरगन्ज । सरकारले अगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा वीरगंजलाई वेवास्ता गरेको देखिएको छ । सरकारमा पर्साका ३ मन्त्रीहरु हुँदा हुँदा पनि सरकारले वीरगंजको...

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...