Saturday, May 31, 2025

युवा संघकाे कार्यक्रममा ३ महिलासहित एक सय १३ जनाद्वारा रक्तदान

Date:

वीरगंज । मदन भण्डारीकाे ६१ औं जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा शनिबार आयाेजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजकाे घण्टाघरस्थित बिपि उधान पार्कमा भएकाे कार्यक्रममा ३ महिला सहित एक सय १३ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादवले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।

साे कार्यक्रममा दुर्गा पौडेल, निर्जला पौडेल, पुजा बस्नेत, हेमन्त तामाङ, वृजलाल पासवान, तिवारी यादव, राहुल केसरी, शिवशन्कर यादव, भुपेन्द्र सह, राजकिशोर गुप्ता, असगर अलि, अलि हुसेन, बाबुराम खनाल, शक्ति सरार्फ, रबि गुप्ता, सचिन यादव, बिबेक यादव, सुलभ राणा, भैयाराम पटेल लगायतले रक्तदान गरेका थिए ।

राष्ट्रिय युवा संघ पर्साका संयोजक महमद नेजामको अध्यक्षता र नेकपा पर्साका संयोजक प्रभु हजराको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेकपाक केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव, किशोरी कुशवाह, रामबाबु बैठा, बाबुराम कौशिक, संविधान सभा सदस्य राजकुमार गुप्ता, नेता नवराज शर्मा, बलराम साह, अरबिन्द सिंह, शिवजी गुप्ता, प्रभाकर गुप्ता, नन्दकिशोर पन्जियार, राघव साह, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसि लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जरा, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोठे मगर लगायत युवा संघका नेता, कार्यकर्ता तथा पार्टीका नेताहरुको सहभागीता रहेको थियोे ।

कार्यक्रमकाे संचालन संघका सह संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए भने कार्यक्रमको सहजीकरण पिन्टु रौनियारले गरेका थिए ।

थप समाचार

थप समाचार

सरकारको आगामी बजेटमा नारायणी रंगशाला प्राथमिकता किन परेन ? के भन्छन् जिल्लाबासी !

वीरगन्ज । सरकारले अगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा वीरगंजलाई वेवास्ता गरेको देखिएको छ । सरकारमा पर्साका ३ मन्त्रीहरु हुँदा हुँदा पनि सरकारले वीरगंजको...

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...