Saturday, May 31, 2025

थप २५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४२७ पुग्याे

Date:

बीरगन्ज ।  देशभरमा आज २५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसंगै संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ ।

मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गर्नुभएको हो । आज थपिएका संक्रमितमा १८ पुरुष र ७ महिला रहेका छन् ।

संक्रमितहरु बाँकेका ६, धनकुटाका ५, कपिलबस्तुका १३ र नवलपरासी पश्चिमका १ गरी जम्मा २५ जना रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरु ३ वर्षीय बालकदेखि ४८ वर्ष सम्मको रहेको प्रवक्ता देवकाेटाले वताउनुभयाे ।

त्यसैगरी, थप ८ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ ।

थप समाचार

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...

‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो कार्यक्रम सम्पन्न

वीरगंज । भोजपुरी प्रतिष्ठान, वीरगंजकाे आयोजनामा सञ्चालित ‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो साप्ताहिक कार्यक्रम वीरगंजकाे चिनीमिलस्थित सिद्धार्थ माद्यमिक विद्यालयमा सम्पन्न भएकाे छ । प्रतिष्ठानका...