Saturday, May 31, 2025

राजनितिक भेटघाटलाई अतिरन्जन गरेर दुस्प्रचार : युवा संघ पर्सा

Date:

वीरगञ्ज । राष्टिय युवा संघ पर्साले युवा संघका इन्चार्ज महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादबको अपहरण सम्बन्धि आएकाे समाचारप्रति आपत्ति जनाएको छ ।

जिल्ला कार्यसमिति पर्साका संयोजक महमद निजामुद्धिनले आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् । विज्ञप्तीमा राजनितिकी पुर्वाग्रह राखेर प्रसारण तथा प्रकाशन गरिएका समाचारप्रति ध्यानआकर्षण गराइएको छ ।

राजनितिक पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा वार्तालाई अतिरन्जन गरेर दुस्प्रचार गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । “युवाहरुमा लोकप्रिय छवी बनाएका हाम्रा राष्ट्रिय इन्चार्ज.महेश बस्नेतलाई राजनीतिक प्रतिशोध साँधेर समाजबादी पार्टीले आफ्नो पार्टी फुटाउने कार्यमा संलग्न भएको भन्दै अनर्गल आरोप लगाउनु आफैँमा हास्यास्पद रहेको सबैलाई अवगत नै भइसकेको छ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले राजनीतिक भेटघाट र छलफललाई अतिरञ्जित गरि अनर्गल प्रचार प्रसार गरिनु आफैँमा राजनीतिक परिपक्वता नठहरिने जनाएको छ । “अपहरणमा परेको भनेर चर्चामा आएका समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले विभिन्न सञ्चारमाध्यममा दिएका पछिल्ला अन्तर्वार्ताहरु नै विवादास्पद देखिएका छन् । कुनै सञ्चारमाध्यममा अपहरण गरिएको भन्ने त कुनै सञ्चारमाध्यममा भेटघाट र छलफल हो भन्ने जस्ता विवादास्पद अभिव्यक्ति उनी आफैँले दिँदै हिँडेकाले उनी कसैको गोटी बनेको स्पष्ट हुन्छ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सक्षम युवा नेतृत्वलाई राजनितिक पूर्वाग्रह राखेर व्यक्तिगत लान्छना लगाउनेलाई यथाशिघ्र कारवाही गर्नुपर्ने पनि संघले विज्ञप्ती मार्फत माग गरेको सहसंयोजक ओम प्रकाश गुप्ताले बताउनुभयो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारको आगामी बजेटमा नारायणी रंगशाला प्राथमिकता किन परेन ? के भन्छन् जिल्लाबासी !

वीरगन्ज । सरकारले अगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा वीरगंजलाई वेवास्ता गरेको देखिएको छ । सरकारमा पर्साका ३ मन्त्रीहरु हुँदा हुँदा पनि सरकारले वीरगंजको...

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन...

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार...