Monday, June 2, 2025

कालिकामाईमा दादुरा रुबेला खाेप अभियान सुरु

Date:

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा  आज देखी दादुरा रुबेला खोप अभियान सुरु भएकाे छ । कालिकामाई गाउँपालिकाकाे सबै वडामा एक साथ दादुरा रुबेला अभियान सुरु भएकाे स्वास्थ्य चाैकी बिरन्चीबर्वाका प्रमुख निरन्जन चाैरसियाले वताए ।

दादुरा रुबेला अभियानकाे पहिलो दिन गाउँपालिकाकाे वडा नं. ५ बिरन्चिबार्वाकाे साविक वडा नं. १ (बलुवा) टोलबाट सुरु गरिएकाे उनले जानकारी गराए । अभियानकाे वडा अध्यक्ष पवन तिवारीले बालबालिकालाई खाेप खुवाई सुभारम्भ गरे ।

अभियान सुभारम्भ कार्यक्रममा गाउँपालिका स्वास्थ्य सह संयाेजक महेन्द्र चाैरसिया, स्वास्थ्य प्राविधिक बालजित साह, धिरेन्द्र कुमार रेवानी र रमेश महतो केवटको पनि सहभागि थिए ।

यस्तै वडा नं. २ भेडिहारीमा सुरु भएकाे दादुरा रुबेल अभियानकाे वडाध्यक्ष साेनालाल चाैरसियाले बालबालिकाहरुलाई खाेप खुवाई सुभारम्भ गरेका थिए ।

बिहिबार देखी सुरु भएकाे अभियान फागुन ३० गते सम्म जारी रहने गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र प्रसाद चाैरसियाले वताए । गाउँपालिका अन्तर्गतका ५ वटै वडामा २ समुहमा अभियान संचालन गरिएकाे उनले वताए ।

९ दिन सम्म संचालन हुने अभियानमा जन्मे देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउईने र ९ महिना देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाईने छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट चोरी भएका मोटरसाइकलसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गत वैशाख २३...

पर्सामा सवारी दुर्घटनामा परेर मर्नेहरु घटे

वीरगंज । गत शनिबार वीरगंज महानगरपालिका– १७ अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भयो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी...

शेख मकबुल समूहले बैंक खातामार्फत करोडौं ठगी गरेको आरोप

वीरगंज । वीरगंज १६, नगवा निवासी शेख मकबुल नेतृत्वको समूहले दर्जनौं सर्वसाधारणलाई ठगी गरेको आरोप सार्वजनिक भएको छ। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं....