Thursday, May 29, 2025

सडक फराकिलो पार्ने निर्णय कार्यन्वयको मांग गर्दै युवाहरुले बुझाए ज्ञापन

Date:

वीरगंज । वीरगंज विकास युवा संघर्ष समितिले आज पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएको छ ।

वीरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्ने निर्णय कार्यन्वय गर्न माग राख्दै संघर्ष समितिले ज्ञापन पत्र बुझाएको समितिका अकलेश साहले वताए । मुख्य सडक नतोड्ने वीरगंजबाट गएको विभिन्न राजनितिक दलका नेताहरु सहितको जम्बो टोलीको करा नसुन्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरिएको साहले वताए ।

डेलिगेशन गएको टोली वीरगंजको बिकास बिरोधी भएको वीरगंजका युवाहरुले ठहर गर्दै सो बिरुद्ध वीरगंज विकास युवा संघर्ष समिति नै गठन गरी चरणवद्ध आन्दोलनको कार्यक्रम सुरु गरेका छन । वीरगंज विकास संघर्ष समितिका युवाहरु वीरगंज बचाउ संघर्ष समिति केही व्यक्तिको स्वार्थको लागि गठन भएको र केही नेताहरु समेत वीरगंज विकासको बाधक देखिएकोले तिनिहरुको भण्डाफोर गर्दै बिरगंजको सडक फराकिलो नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन पुगेको टोलीमा संघर्ष समितिका रामबाबु मन्डल, अकलेश साह, संदिप बिक्रम साह, महमुद अंसारी, मोहम्मद जौवाद, दिपक पटेल, सम्सुल अंसारी, सागीर अंसारी, रंजीत चौरसिया, राकेश पटेल लगायतकाको सहभागिता रहेको थियो ।

वीरगंजको मुख्य सडक तोडन दबाव दिनको लागि शनिबार संघर्ष समितिका युवाहरु वीरगंजमा प्रदर्शन समेत गरेका थिए । यस अघि युवाहरु बैठक बसी वीरगंज विकास बाधकहरुको विरुद्ध संघर्ष गर्न समिति गठन गरी विभिन्न दबावको कार्यक्रम तय गरेका थिए ।

थप समाचार

गणतन्त्र दिवसमा परवानीपुर गाउँपालिकामा पनि रक्तदान

परवानिपुर । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार बाराको परवानिपुर गाउँपालिकामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद...

गणतन्त्र दिवसको अवसरमा दृष्टिबिहीन बालबालिकालाई एसी हस्तान्तरण

वीरगञ्ज । गणतन्त्र दिवस २०८२ को अवसरमा वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित श्री त्रीजुद्ध रघुबिर प्रसाद रघुनाथ माध्यमिक विद्यालय अन्तर्गत दृष्टिबिहीन बालबालिका आश्रममा...

गणतन्त्र दिवसमा वीरगंज कारागारमा रक्तदान

वीरगञ्ज । गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागार कार्यालयमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठान र प्रभु हस्पिटलको संयुक्त...