Date
बिहि, जेष्ठ २२, २०८२
Thu, June 5, 2025

रिफरल मेचानिजम सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न

वीरगंज, १४ मंसिर ।
रिफरल मेचानिजम सम्बन्धी २ दिने कार्यशाला गोष्ठी शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । स्थानिय अधिकार कार्यक्रम (एल.आर.पी.) अन्तर्गत हरिओम पार्टी प्यालेस अशोकवाटीका, वीरगंजमा आयोजित गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा सहभागि न्यायिक समितिका सदस्यहरुलाई कस्ता मुद्दाहरु रेफर गर्ने र कस्ता मद्दाहरु मेलमिलाप गर्ने बारे समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको ।

dyc gosthi 2-kalikatimesआयोजक संस्थाका कार्यक्रम प्रमुख रामाकान्त पटेलको अध्यक्षतामा र वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यतामा भएको गोष्ठी समापन समाहरोहमा पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, पटेर्वा सुगौली गाउँपालिकाकी उप प्रमुख ममता महतो, विन्दावासिनी गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ता, पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुश्मी देवी लगायतकाले मन्तव्य राखेका थिए ।

गोष्ठीको सहजिकरण आयोजक संस्थाकी अनुगमन मूल्यांकन अधिकृत देवता रिजाल, कार्यक्रम संयोजक कोपिला चौलागाई लगायतकाले गरेका थिए । एक्सनएड नेपालको सहयोगमा र दिब्य युवा क्लब वीरन्चीबर्वाको आयोजनामा भएको गोष्ठीमा पर्साका ५ स्थानिय तहको न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

आयोजक संस्थाले लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार मुल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु पनि संचालन गरेको छ भने डिसेम्बर १० र ११ गते वीरगंजमा राष्ट्रिय महिला सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेज र वीरगंजका १३ वटा वडा बिच स्वास्थ्य सम्झौता

वीरगंज । वीरगंज महानगरपालिकाकाे भेडियाही स्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका १३ वटा वडाबीच जनमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक ऐतिहासिक सम्झौता...

जातीय छुवाछुत अन्त्यकाे लागि शिक्षा र सिप जरुरी छ : बरिष्ठ उपाध्यक्ष पाण्डे

वीरगंज । जातिय भेदभाव तथा छुवाछुत अन्त्यको लागि शिक्षा र सीप जरुरी रहेकाे नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वताएका छन् ।...

वीरगंज ‘हीट स्ट्रोक’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

वीरगंज । गर्मीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको आयोजनामा “हीट स्ट्रोक: लक्षण, व्यवस्थापन र रोकथाम” विषयमा एकदिने जनचेतनामूलक कार्यक्रम आज...