KALIKATIMES.COM

उद्घाटन खेलमा लालबन्दी ११ सर्लाही बिजयी

वीरगन्ज २४ माघ
दोस्रो पर्सागढी गोल्डकपको उद्घाटन खेलमा लालबन्दी ११ सर्लाही बिजयी भएको छ ।
पर्सा जिल्लाको बढनिहारमा आमोदेवी स्पोर्टस क्लबको आयोजनामा सुरु भएको दोस्रो पर्सागढी गोल्डकपमा हेटौँडा फुटबल एकेडेमीलाई टाईब्रेकरमा ४–१ ले गोलअन्तरले हराउँदै सर्ला्हि अघिल्लो चरणमा प्रबेश गरेको छ ।
विहिवार देखि सुरु भएको खेलमा निकै रोमाञ्चक देखीएको खेलको निर्धा्रित समयमा दुबै पक्षले गोल रहित बराबरी खेलेपछी खेल टाईब्रेकरमा धकेलिएको थियो ।
खेलको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले उद्घाटन गर्दै खेलकुदको बिकासका लागी सधैँ हातेमालो गरेर अघि बढ्न आफु तयार रहेको बताए । खेलकुदको क्षेत्रमा पर्सागढी बिगतदेखीनै अगाडी रहेको भन्दै आफुले पनी बिगतदेखीनै यसको प्रबद्र्धनका लागी सहयोग गर्दै आएको तथा यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
खेलको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य राजेश्वर साहले पर्सागढीमा राष्ट्रिय स्तरको खेल मैदान अति आवश्यक रहेको र यसका लागी प्रदेशसभामा पहल गर्ने प्रतिबद्धता जानकारी दिए ।
खेलको उद्घाटनको क्रममै पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले प्रतियोगिता भाइ रहेको मैदान पर्सा गढी कै गहना भएको र यसको स्तरोन्नतीका निमतीमा नगरपालिका गम्भिर रुपमा लाग्ने बताएका छन् । आगामी बर्षको प्रतियोगीता सञ्चालन हुनेबेला सम्म मैदानमा खानेपानी लगायतका अत्यावसेक पूर्वाधार बिकास गरिने यादवले बताए ।
आयोजक क्लबका अध्यक्ष मन्जु दास थारुको सभापतित्वमा सम्पन्न खेल उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यद्वय ओमप्रकास शर्मा, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साह, पर्सागढी नगरपालिकाका उपमेयर अर्चना चौधरी, तत्कालिन बिरुवागुढी गाबिसका पुर्व अध्यक्ष गोकर्ण पाठक पर्सागढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगंज युनाईटेड क्लबलाई

कालिका टाईम्स

महिला मैत्रीपुर्ण फुटबलमा वीरगंज युथ एकेडेमी विजयी

कालिका टाईम्स

तेस्रो परवानीपुर गोल्डकपको फाइनलमा वीरगंज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:2.354 sec. Memory consumption:72.21 mb
Send this to a friend