KALIKATIMES.COM
Uncategorized खेलकुद समाचार स्थानिय

पाेखरियामा तेस्राे मेयर कप क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता सुरु

वीरगंज । पर्साकाे पाेखरियामा टि २० तेस्राे मेयर कप क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता सुरु भएकाे छ । पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित शेरा फिल्डमा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन प्रदेश सभा सदस्य प्रहलाद गिरी एवम् पाेखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद राैनियारले संयुक्त रुपमा गरेका थिए ।

प्रतियाेगिता उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रदेश सांसद गिरीले खेलकाे सवालमा राजनीति नगरी इमान्दार हुन सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद गिरीले खेलाकाे सवालमा सबै राजनीतिक दलका नेताहरु इमान्दार भए खेलकाे विकास निश्चत रहेकाे वताए । उनले भने “हामी नेताहरु इमान्दार भएर लागे हाम्रै ठाउँका खेलाडीहरु नै राष्ट्रिय स्तरकाे हुन सक्छन् र खेलकाे विकास भए हाम्राे नगर र देश राष्ट्रिय स्तरमा चिनाउन सक्छ ।’

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा प्रतियाेगिता सुरु भएकाे हाे ।

प्रतियाेगिता अन्तर्गत साेमबार भएकाे उद्घाटन खेलामा कालिकामाई गाउँपालिका विजयी भएकाे छ । बाबा ११ पाेखरियालाई हराउँदै कालिकामाई गाउँपालिका विजयी भएकाे आयाेजकले जनाएकाे छ ।

पाेखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्राकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा संविधान सभा सदस्य प्रधुमन चाैहान, रामेश्वर राैनियार,पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, लोसपाका नेता नेजामुदिन समानी, राजु साह तेली, कालिका टाइम्सका प्रबन्ध निर्देशक छठु साह, स्थानिय नेता जोगिन्द्र रौनियार, बिन्धाचल ठाकुर, राजनारायन कुर्मी, वडाध्यक्ष नन्द पटेल, सियानन्द चौहान, लोसपाका विद्यार्थी नेता सुजित गिरि लगायतकाे सहभागिता रहेकाे थियाे ।

शेरा फिल्डमा मंच र प्लयर बक्स निर्माण

प्रतियाेगिता सुरु भएकाे शेरा फिल्डमा मंच र प्लयर बक्स निर्माण भएकाे छ । प्रदेश सरकारकाे समाजिक बिकास मन्त्रालयकाे याेजना अन्तर्गत ११ लाख ५० हजारकाे लागतमा निर्माण भएकाे मंच र प्लेयर बक्सकाे उद्घाटन पनि प्रदेश सांसद गिरी र मेयर राैनियारले संयुक्त उद्घाट गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुग्याे

कालिका टाईम्स

बालिकालाई भारततर्फ लैजानेक्रममा एक जना पक्राउ

कालिका टाईम्स

नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआईजी कै संलग्नतामा मधेश प्रदेशमा तस्करी

कालिका टाईम्स
Comments
Share via
SQL requests:212. Generation time:1.835 sec. Memory consumption:60.19 mb
Send this to a friend