KALIKATIMES.COM
अन्य कविता

म र तिमीमा फरक

म र तिमीमा खासै फरक त छैन फरक यति मात्रै हो कि
म अफ्नो र परिवारको पेट पाल्नको लागि लड्दैछु र तिमी कुर्सीको लागि ।

म जीवन र मृत्युसँग लड्दा एउटा एम्बुलेन्स नपाएर ट्याक्टरमा जान बाध्य छु
तर तिमी हिँड्दा ५/१० वटा गाडी अगाडि पछाडि लिएर हिँड्छौ ।

म आफ्नो जीवन र मृत्युसँग लड्ने बेला अस्पताल पाउँदैन
तर तिमी हाँच्छ्यु आएपनि सिंगापुर र अमेरिका धाउँछौ ।

म खान नपाएर रुदाँ कसैले नदेख्ने
तर तिमी कुर्सीको लागि मञ्चबाट रुँदा सबैले देख्ने ।

मैले धाराको पानी पनि राम्ररी नपाउने
तर तिम्रो लागि विदेशबाट पानी आउने ।

मलाई जीउ ढाक्ने लुगा छैन
तर तिमी जमीन ढाक्ने कार्पेट किन्छौ ।

तिम्रो र मेरो साथीमा पनी फरक छ ।
मेरो साथी एम्बुलेन्स नपाएर मृत्युवरण गर्नु परीरहेको छ 
तर तिम्रा साथी २ घण्टाको बाटोमा पनि हेलिकप्टरमा जान्छन् ।

मलाई डायलासिस गराउन नपाएर ज्यान गुमाउनु परिरको छ
तर तिमी २/२ चोटि मिर्गौला फेर्न सक्छौ ।

मैले आफ्नो मेहनतको पैँसाले छोरा र छोरीको लागि ल्याएको ३ वटा मोबाइल तिम्रो एयरपोर्टले देख्ने
तर ३३ किलो सुन आउँदा नदेख्ने ।

मैले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमीन माग्न भनेको थिएँ
तर तिमी मलाई नक्सा मात्र दियौं ।

म एउटा कार्यालयमा काम गर्नेको अवकास पाउने उमेर हुन्छ
तर तिमी देश हाँक्नेको छैन ।

मेरो परीक्षा गर्ने/नगर्ने विषयमा निर्णय लिन तिमी ३ महिना लगाउँछौ
तर तिम्रो निर्वाचनको निर्णय लिन एकदिन पनि लाग्दैन ।

देशमा भ्याक्सिन र सिलिन्डर किन्न सक्ने पैँसा नभएर म मर्दैछु
तर तिमी ४० अर्ब लाग्ने निवार्चनको खर्च कहाँबाट ल्याउँछौ ?

म जति बेला चाहन्छु तिमीलाई हटाउन सक्दैन
तर तिमी जुनबेला चाहन्छौ संसद विगठन गर्छौ ।

अरूले “तिमी” भन्दा अपमान हुने
तर तिमीले “पर्दैन” भन्दा अपमान नहुने ।

म निछधागाय मा आफ्नो परिवार को भोख मेटाउनको लागी हिन्दा कार्रवाई हुने
तर तिमी आफ्नो पार्टीको आन्तरिक विवाद मिताउन्नको लागि हिन्डा कार्रवाई नहुने ।

मेरो एम्बुलेन्स हिँदा बाटो खाली न हुने
तर तिम्रो सवारी हिंदा बाटोमा एउटा कुकुर पनि न देखेनन् सम्म बाटो खाली हुने ।

मैले एउटा सानो कार्यालयमा काम गर्न पनि पढे को हुनु पर्ने
तर तिमी देश हकानेले नपढे भए पनि हुने ।

मैले टुडिखेल मा खाँदा तिम्रो इजत जान्ने
तर तिमी मेरो देशलाई अरू देश सँग बीख मागने बनायौं त्यसमा मेरो देशको ईज्जत नजाने ।

मैले तिम्रो रेलिमा कालो कपडा लगाएर आउन न हुने
तर तिमी ७० कडोर काे कालो धन लिने मान्छे लिएर हिडा हुने ।

भूकम्पमा र हावाहुरी मा भतकेकाे मेरो घर बनाएनौं पहिला
तर तिमी पहिला धरहरा बन्यौ ।

आखिर तिमी र म एउटै देशको नगिरिक हैनौं ?
तर तिमी किन यस्तो र ? अनी म किन यस्तो ?
भोट दिने बेला त एउटा जनताको छोरालाई आफ्नो प्रतिनिधि मात्र बनाएर पठाएका थियौँ
तर तिमी त्यहाँ जाने बित्तिकै राजा पो भयौ त ।

सायद गल्ती हाम्रै थियो
भोट दिने बेला पार्टी, जात, धर्म, नातेदार, मधेसी, पहाडी अनि लोभ हेरे दिएका थियौँ न त मान्छे हेर्यौ न त मान्छेको व्यवहार । त्यसैले त म र तिमीमा फरक छ ।

-राजिव पटेल (वीरगंज)

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

प्रतिबंधित नेपाली र निराश प्रेम -मौनता पोखरेल

कालिका टाईम्स

बहुदरमाई नगरपालिकाद्वारा काेराेना कहरमा खटिने स्वास्थ्कर्मी सम्मानित

शम्भु कुमार सुमन

सजना बनिन् ब्युटिसियन नेपाल–२०२०

कालिका टाईम्स
Comments
Share via
SQL requests:211. Generation time:3.654 sec. Memory consumption:17.51 mb
Send this to a friend