KALIKATIMES.COM
अन्य साहित्य

कोरोना कथा

एका देश एउटा वुहान भन्ने गाउँ थियो । त्यो गाउँ निकै बिकसित थियो। ठुलो बनले घेरिएको त्यो गाउँका बासिन्दाहरु निकै बहादुर थिए । वरिपरिको बनबाट धेरै प्रकारको राक्ष्यशहरुले हमला गर्दथ्याे ।  तर वुहानका बिरसैनिकहरुले सबैलाई मारिदिन्थ्ये।त्यसै गरी त्यो गाउँमा सबै जना आनन्दले बसेका थिए।

एक दिनको कुरा हो त्यो गाउँमा हरि भन्ने एक बृद्धा बनबाट भाग्दै आए । उनि लगातार खोकी राखेको थिए।सबैले उनलाई के भयो भनेर सोध्दा उन्ले जवाफ दिए “म बनमा दाउरा लिन गको थिए तर त्यहाँ कोरोना भन्ने राक्ष्यस्ले म माथि आक्रमण गर्यो । त्यो राक्ष्यसयतै आउदैछ । ” यति भनेपछि जो जो गाउँले हरिको सहयोगका लागि उसको नजिक गए तिनीहरु पनि खोकॆर त्यस्तै बिरामी परे । केहि समयमै कारोना त्यो गाउँमा आइपुग्यो।

त्यसलाई मार्न जति सैनिकहरु गए सब त्यसलाई छुने बित्तिकै बिरामी पर्न थाले । त्यो देखेर गाउँलेहरु झनझन डराउन थाले ।यो सबै कुरा एक १४ बर्षिय बालक अर्जुनले हेरिराखेको थियाे । उ वुहानको सबै भन्दा बुद्धिमान व्यक्ति थियाे ।सबै कुरा बुझे पछि उसले सबै गाउँलेलाई भेला गरेर भन्यो “यो कोरोना भन्ने राक्ष्यस्लाई हामीले बलले जित्न सक्दैन।योबाट बच्नु छ भने हामी योबाट टाढा हुनु पर्छ । संक्रमित व्यक्तिसंग पनि टाढिनु पर्छ ।

केहि समयको लागि हामि सबै घरमै बसम र नियमित रुपमा हातहरु धुने गरम।” सबै गाउँलेलाई यो कुरा ठिक लाग्यो र सबै जना त्यसरी नै बस्न थाल्ये। संक्रमित व्यक्तिहरु नि अस्पतालमा छुट्टैबसे।केहि समय पछि कोरोनाले मान्छेहरु नभेटेर भोकले छटपटीन थाल्यो र १ महिनापछि भोकले मर्यो । संक्रमित व्यक्तिहरुलाई नि ठिक भयो।त्यसपछि वुहान फेरी सामान्य भयो र सबै गाउँले खुसि भएर अर्जुनको प्रशंसा गरे।

-“हामि नि अहिले यसै गरि घरमा बस्नु पर्छ र नियमितरुपमा हात धुनु पर्छ।”

-प्रज्ञा बस्नेत
कोटेश्वर, काठमाडौं

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सजना बनिन् ब्युटिसियन नेपाल–२०२०

कालिका टाईम्स

एल.एस. न्यूरो अस्पताल उपचारको नाममा सर्बसाधारणलाई ठग्दै

कालिका टाईम्स

वीरगंजमा आयुर्वेद अस्पताल खुल्याे, मेयर सरावगीले गरे उद्घाटन

कालिका टाईम्स
Comments
SQL requests:154. Generation time:1.445 sec. Memory consumption:15.04 mb