KALIKATIMES.COM

७२ घण्टा पछि नारायणी अस्पतालकाे जनरल सेवा सुचारु हन्छ : मेयर सरावगी

वीरगंज । नारायणी अस्पताल अव आम सर्वसाधारण जनताको उपचार गर्ने अस्पतालको रुपमा संचालन हुने वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वताएका छन् ।

उनले आफ्नाे आधिकारी समाजिक संजाल फेसबुकमा नारायणी अस्पतालको आइसोलेशनमा भर्ना भएको सम्पूर्ण कोरोना संक्रमित विरामीहरु आज स्वास्थ लाभ गरी डिस्चार्ज हुनु भएको छ । कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज हुनुभएका सम्पूर्ण महानुभावहरुको पूर्ण स्वास्थलाभको कामना गर्दछु ।

भोली देखिनै वीरगंज महानगरपालिकाले नारायणी अस्पताललाई संक्रमण मुक्त राख्न निर्मलीकरण (स्यानिटाइज)को कार्य गर्नेछ र ७२ घण्टा पछि अस्पताल पूर्णरुपमा जनरल अस्पतालको रुपमा संचालनमा आउने लेखेका छन् ।

उनले नारायणी अस्पताललाई सर्वसाधारण जनताले उपचार गर्न पाउने अस्पतालको रुपमा संचालन गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य महानगरपालिकाले गर्ने समेत लेखेका छन् ।

मेयर सरावगीले नारायणी अस्पतालाई जेनरल अस्पताल बनाउन सहयाेग गर्ने सम्पूर्णलाई धन्यावाद दिदै संकटको घडिमा वीरगंजका जनताको सेवाको लागि वीरगंज महानगरपालिका तपाईहरुको साथमा हुने विश्वास समेत दिलाएका छन् ।

नारायणी अस्पतालकाे आइसाेलेसमा उपचारतहरु डिस्चार्ज भएपछि बन्द गरीएकाे सम्पूर्ण सेवाहरु सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत पत्रचार गरि सेकाे छ भने आज आइसाेलेसनमा रहेका सबै काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भए पछि जेनरल सेवा सुचारु गर्न बाटाे खुलेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:192. Generation time:4.317 sec. Memory consumption:72.08 mb
Send this to a friend