KALIKATIMES.COM

४ सय २३ किशाेरीहरुलाई स्वच्छता सामग्री वितरण

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा संचालित वृृज कक्षाका ४ सय २३ जना किशाेरीहरुलाई शुक्रबार स्वच्छता सामग्री वितरण गरिएकाे छ ।

भिएसओ नेपाल र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित किशाेरी शसक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत १९ वटा वृज कक्षाका ४२३ जना सानी बहिनीहरुलाई स्वच्छता सामग्री वितरण गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए ।

उनका अनुसार तावल २ वटा, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, ब्रस एक थान, कंगी एक थान, सेनटरी प्याड ४ वटा, नेल कटर एक थान, सेनिटाइजर एक थान, प्यान्टी २ थान, पेष्ट एक थान लागयतकाे स्वच्छता सामग्री भएकाे किट किशाेरीहरुलाई वितरण गरिएकाे हाे । 

काेराेना संक्रमणबाट बच्न सानी बहिनीहरुकाे स्वास्थ्यलाई ध्यानमा राखी परियाेजना अन्तर्गत स्वच्छता समाग्री वितरण गरिएकाे संयाेजक ठकुरीले जानकारी गराए । गाउँपालिकाकाे ६ वटै वडामा संचालनमा रहेकाे वृज कक्षाकाे बहिनीहरुलाई परियाेजना अन्तर्गत स्वच्छता सामग्रीकाे साथै कापी, कलमसमेत वितरण गरिएकाे उनले जानकारी दिए ।

गाउँपालिकाकाे वडा नं. ६ बाट एक कार्यक्रमकाे बिच स्वच्छता सामग्री वितरण सुरु गरिएकाे थियाे । वडाध्यक्ष रामयाेध्या पटेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा अन्तर्गतका वृज कक्षाका किशाेरीहरुलाई सामग्री वितरण गरिएकाे थियाे । 

त्यसपछि वाकी वडा मै पुगी वृज कक्षाका किशाेरीहरुलाई सामग्री वितरण गरिएकाे संयाेजक ठकुरीले वताए ।

यस्तै गाउँपालिका अन्तर्गतका ३१ जना अपांगता भएका बालबालिकाहरुलाई पनि स्वच्छता सामग्री र वृज कक्षा सहजिकरण गर्दै आएकी ठुली बहिनीहरुलाई झाेला वितरण गरिएकाे दिव्य युवा क्लबले जनाएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:3.813 sec. Memory consumption:72 mb
Send this to a friend