KALIKATIMES.COM

२ महिला सहित १ सय २५ जनाद्वारा रक्तदान

वीरगंज । युवा वचन संस्थाले आज वीरगंजमा आयाेजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बिश्व रक्तदान दिवसको अवसरमा आयाेजित कार्यक्रममा २ महिला सहित एक सय २५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

कार्यक्रममा धनेश्वर यादव, बिक्की साह तेलि, सुमेर चौरसिया, कौशल किशोर साह, अमरेश कुमार साह, शेखर अग्रवाल, कन्हैया अग्रवाल, नवनित अग्रवाल, आयुष बन्शल, सज्जन साह, अन्कुश साह, शशि साह, रुपेश कार्की, अनमोल कोईराला, अमन सिंह, गुडु सरार्फ, अरुण यादव, लोकेश कर्ण, अमरनाथ पटेल, बिनोद पटेल, महम्द अब्दुल, विवेक कुमार गुप्ता, उमेश गुप्ता, बिनय जैसवाल, निमेश शर्मा, सन्जय कुमार प्रजापति, सुभाष कुमार प्रजापति, सरोज कुमार प्रजापति, रोशन कर्ण, रोशन गुप्ता, अमय सरार्फ, शिव गुप्ता, अभिजित यादवले रक्तदान गरेकाे प्रमुख पाण्डेले जानकारी गराए ।

संस्थाका अध्यक्ष पियुष कादमियाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमका प्रमुख आतिथी समेत रहेका नगर प्रमुख सरावगीले शुभकामना मन्तव्य राख्दै आउने दिनमा युवाहरु समाजिक कार्यमा सक्रिय हुनु पर्ने वताए ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त, वीरगंज पब्लिक कालेजका निर्देशक प्रोफेसर डा दिपक शाक्य, युवा नेता ओमप्रकाश सरार्फ, भोलेन्टिर समुह वीरगंजका संयाेजक राजन श्रीवास्तव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, ट्राफिक प्रहरी निरीक्षक कमल राज पन्डित लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:3.674 sec. Memory consumption:72 mb
Send this to a friend