KALIKATIMES.COM

सिल गरिएकाे छपकैयामा राहत लिएर मेयर सरावगी आफै पुगे

बीरगन्ज । बीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगी आज राहत लिएर आफै छपकैया पुगेका छन् । सिल गरिएकाे वीरगंज महानगरपालिकाकाे वडा नं. २ छपकैयामा राहत स्वरुप खाद्यान्न सामग्री लिएर मेयर सरावगी आफै पुगेका हुन् ।

सिल भएका कारण घरमै थुनिएपछि खाद्य सामाग्रीको अभावमा भोकभाकै बस्नु परेको गुनासो बाहिर आएपछि मेयर सरावगीले तदारुकता देखाएका हुन् ।

१५ सय परिवारलाई पुग्ने गरी खाद्यान्न सामग्री मेयर साहेब आफै लिएर छपकैया पुग्नु भएकाे उनका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले वताए । ती सामाग्री विपन्न वर्गलाई बाँड्नको लागि वडालाई जिम्मा लगाइएको द्विवेदीले जानकारी गराए ।

सिल गरिएको छपकैया क्षेत्रका विशेष गरी गरिब, निमुखा तथा श्रमजीवि परिवारलाई लागि सो खाद्य सामाग्रीको व्यवसथा गरिएको उनले बताए । प्रति परिवार १५ किलाे चामल, डेढ किलाे दाल, एक प्याकेट नुन र तेल राहत बाँडिने छ ।

अहिलेलाई १५०० परिवारलाई पुग्ने गरी खाद्य सामाग्री वडालाई दिएकाे मेयर सरावगीले वताए । उनले भने “आवश्यक परे अझै उपलब्ध गराउछौं । सबै व्यवस्था महानगरले गर्छ, भोकभाकै कोही बस्नु पर्दैन ।”

महानगरले राहत बाँड्नका लागि सबै सामाग्री कार्यवाहक वडा अध्यक्ष वकिय मियाँ अन्सारीलाई जिम्मा लगाएको छ । यता सो क्षेत्रमा कोभिड १९ को र्‍यापिट टेस्ट पनि शुरु गरिएको मेयर सरावगीले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:4.169 sec. Memory consumption:72.08 mb
Send this to a friend