KALIKATIMES.COM

सालको गोलिया सहित एक जना पक्राउ

वन रक्षकद्वारा नै वन विनाश बढ्दै


जिराभवानी । सशस्त्र प्रहरी बिओपी महादेवपट्टीले गएराति ७ क्युफिट सालको गोलिया र एकवटा साइकलसहित मानिसलाई नियन्त्रणमा लिएको छ ।
 
जिराभवानी गाउँपालिका–२ लाटोमाईबाट बिओपी महादेवपट्टिका सशस्त्र प्रहरी निरीक्षक केदार राईको नेतृत्वमा गएको गस्ती टोलीले साइकल सालको गोलिया र मान्छेसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जिराभवानी गाउँपालीका वडा नम्बर ५ सखुवनियाका गणेश महतो कम्कर रहेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए ।
 
बरामद गोलिया साईकल र मान्छेलाई आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय बसन्तपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए ।
 
जाडो र कुहिरिको फाइदा उठाएर अहिले काठ तस्करहरूले व्यापकरूपमा वनविनाश गरिरहेको वनकर्मीहरूले नै बताएका छन् ।
 
अहिले ज्यालादारी मजदूरी गर्नेहरू फुर्सदमा रहेका समयमा राष्ट्रिय वनजङ्गल पस्ने र काँचो दाउरा ल्याउने गर्दा वनविनाश बढ्दै गएको पनि वनकर्मीहरूको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:183. Generation time:4.281 sec. Memory consumption:71.82 mb
Send this to a friend