वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकबाट काेराेना संक्रमण निको भएर २० जना डिस्चार्ज भएका छन् ।
अस्पतालका संयाेजक डा. उदयनारायण सिंहका अनुसार बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
सबै जनाकाे दाेस्राे पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डा. सिंहका अनुसार निको भएर डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका– ५ जेल रोड निवासी ४७ वर्षीय जोगिन्द्र महतो पनि छन्, जो निमोनियाका बिरामी पनि थिए । ‘१० दिनसम्म चलेको उपचारपछि महतो निको भएका छन्,’ डा. सिंहले भने, ‘कोरोना नेगेटिभ भएपछि शुक्रबार डिस्चार्ज भएका छन् ।’
यस्तै मारुती फार्मास्यूटिकल प्रालिका प्रबन्धकसहित ८ जना पनि काेराेना निकाे भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने २० जनामध्ये ३ जना महिला रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस