KALIKATIMES.COM

वीरगंजमा नगर प्रहरी र खुद्रा व्यापारी बिच झडप

वीरगंज । वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी र खुद्रा व्यापारी बिच साेमबार विहान झडप भएकाे छ । 

वीपी उद्यानको जग्गामा लत्ताकपडा तथा व्याग विक्री गर्न थापेको पसल हटाउने क्रममा नगर प्रहरी र खुद्रा व्यापारीबीच झडप भएकाे हाे । नगरप्रहरीले एक्कासी बजार सार्ने बहानामा मालसमान नियन्त्रण लिएपछि आक्रोशित व्यापारी र नगर प्रहरीबीच झडप भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

वीपी उद्यानको खाली जग्गामा कपडा, जुत्ताचप्पल, व्याग, ज्याकेट लगायत करिब १२२ वटा खुद्रा पकडा पसल सञ्चालनमा छ । पसललाई व्यवस्थित बनाउने बहानामा नगर प्रहरीले हटाउने प्रयास गर्न थालेपछि व्यपारी आक्रोशित भएका थिए ।

शुरुमा खाट, छाप्रो लगाई पसल सञ्चालनमा गर्दै आएकोमा नगर प्रहरीले खाट र छाप्रोमा नभई भुईमा बोरा ओछ्याएर पसल थाप्न दिएको थियो तर आज एक्कासी नगर प्रहरी ईन्चार्ज हरी प्रसाद भुसालको नेतृत्वमा आएको ८/१० जना नगर प्रहरीको टोलीले समान खोसी लुटपाट गर्न खोजेको अर्का व्यापारी सद्दाम हुसैनको गुनासो छ ।

नगर प्रहरी मात्र नभई सवारी पार्किङ्गको नाममा सत्या कन्स्ट्रक्शनले आफनो मान्छे लगाई खुद्रा व्यवासायीसँग जबरजस्ती कर समेत असुल्ने गरेका छन् । कर असुले पनि रसिद दिइदैनन्, व्याग पसल थापेर बसेका आशिस गिरी भन्छन, एउटै पसलको दुई/दुई वटा कर कसरी तिर्ने ।

केठेदार कम्पनीले जबरजस्ती दैनिक ५० रुपैयाँ कर असुल्ने गरेको छ तर कर असुलीको रसिद दिँदैन । नगर प्रहरी आएर प्रत्येक पसलसँग २५ रुपैयाँ उठाउदै आएको छ । उनले भने, कर बुझाउदा समेत नगर प्रहरीले गुण्डागर्दी शैलीले आफ्नो समान खोसेर लागेका छन् । नगर प्रहरीले २३२ पिस व्याग खोसेर लागेको आरोप लगाउदै समान फिर्ता नगरे नगरपालिकामा गएर आन्दोलन समेत गर्ने उनको चेतावनी छ ।

यता नगर प्रहरी ईन्चार्ज हरी प्रसाद भुषालले वीपी उद्यान पार्क निर्माणको लागि ठेक्का लगाईएकोमा काम गर्न अवरोध हुन थालेपछि पसल हटाउँन लागेको बताए । उनले भने, शुरुमा सम्झाई बुझाई पसल सार्न आग्रह गरेको थियो, नमानेपछि दुईतिन जनाको समान खोसेपछि अनावश्यक विवाद गरी उल्टै ढुंगामुडा गरेका हुन् । विवाद हुन थालेपछि खोसेको समान समेत फिर्ता गरीसकेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कालिकामाई युवा समाजद्वारा निःशुल्क खाजा र पानी वितरण

कालिका टाईम्स

वीरगंजमा झाँकीसहितको शोभा यात्रा र महाआरती सम्पन्न

कालिका टाईम्स

टि-१० क्रिकेट लिगको उपाधी डाक्टरलाई, महानगर बन्याे उपविजेता

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:4.286 sec. Memory consumption:72.1 mb
Send this to a friend