KALIKATIMES.COM

वीरगंजमा ट्रकको ठक्करले माेटरसाइकल चालककाे मृत्यु

वीरगंज । वीरगन्ज ड्राइपोट सडक खण्डमा शनिबार ट्रकको ठक्करबाट मोटरसाइक चालकको मृत्यु भएको छ । वीरगन्जबाट ड्राडपोट जाँदै गरेको ना ५३ प ८७६२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ४ ख १८३९ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको र मोटरसाईकलमा सवार एक जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए ।

मोटरसाइकल चालक पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर पंचगवा बस्ने ६२ बर्षका छठु साहको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १९ निवसी २७ बर्षकि चन्दा देवी साहको वीरगन्जको तराई अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था पनि चिन्ताजनक नै रहेको चिकित्सकहरुले जनाएका छन् ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रक चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:193. Generation time:4.214 sec. Memory consumption:72.08 mb
Send this to a friend