KALIKATIMES.COM

वीरगंजकाे वडा नं. २४ मा नेकपाकाे भेला सम्पन्न

Rahbar ansari_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवा बहुवरीमा नेकपाकाे भेला सम्पन्न भएकाे छ । बीरगंज महानगर कमिटिको आयोजनामा भएकाे वडा भेलाले वडा स्तरिय समिति गठन गर्दै सम्पन्न भएकाे हाे ।

जुमादिन अंसारीको अध्यक्षतामा भएकाे भेलाले २१ सदस्यीय नेकपाको वडा स्तरीय सम्पर्क समिति चयन गरेकाे छ । संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा संगठन बलियो बनाउनका नव गठित समितीलाई जिम्मेवारी दिइएकाे छ ।

भेलामा नेकपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगरका ईन्चार्ज दिनेश राई, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अंसारी, नेकपाका महानगर सचिव डा. विशवम्भर शर्मा, छोटेलाल कुर्मी, गोपिचन यादव, पटवारी बैठा लगायतकाे बिशेष उपस्थिती रहेको थियो ।

भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि महानगर इन्चार्ज राईले पार्टी बलियो र सशक्त बनाउन समिति चयन गरीएको वताए । महानगर अध्यक्ष अंसारीले देश विकास तथा सर्वसाधारणको प्रशासनिक कार्य देखि समाजिक सद्भाव कायम गर्न सहजताका साथ पुरा गरिने वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:2.662 sec. Memory consumption:72 mb
Send this to a friend