KALIKATIMES.COM

विद्यालय सुधार योजना विषयगत ३ दिने तालिम सुरु

वीरगंज । विद्यालय सुधार योजना विषयगत ३ दिने तालिम आइतबारदेखी वीरगंजमा सुरु भएको छ । भिएसो नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको लागि शैक्षिक कार्यक्रम अन्तर्गत तालिम सुरु भएको हो ।

वीरगंजस्थित भिस्वा होटलमा सुरु भएको तालिमको उद्धाटन दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामकान्त पटेलले गरेका थिए । तालिमको उद्धाटन गर्दै निर्देशक पटेलले विद्यालय सुधार योजनालाई व्यवस्थित र प्रभावकारी ढंगले तयार गर्नको साथै कार्यन्वयमा लग्न तालिम आयोजना गरिएको वताए ।

विद्यालयमा भएको समस्या र चुनौतीलाई कसरी विद्यालय योजनामा समावेश गरी समाधान गर्न सकिने उपायको बारेमा पनि तालिममा छलफल गरिने परियोजना संयोजक गणेश ठकुरीले वताए ।

तालिममा परियोजना संचालन रहेको क्षेत्रको ११ वटा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखा प्रमुख नरेश महतो र पोखरिया नगरपालिकाको शिक्षा शाखा प्रमुखको सहभागिता रहेको छ ।

३ दिन सम्म चल्ने तालिममा प्रशिक्षक बृजकिशोर पटेल र रामप्रबेश साहले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा १३ लाख बराबरको भन्सार छलिका सामान बरामद

कालिका टाईम्स

बिन्दबासिनीमा १६ जना नयाँ शिक्षकको पदस्थापन

कालिका टाईम्स

टि-१० क्रिकेट लिग : उदघाटन खेलमा वीरगंज महानगर विजयी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:192. Generation time:2.866 sec. Memory consumption:72.05 mb
Send this to a friend