KALIKATIMES.COM

लागु औषध ईन्जेक्सन सहित ३ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत विहार राज्य पुर्वीचम्पारण मोतिहारी जिल्ला पलनवा थाना लौकरिया निवासी बर्ष २४ का विशाल कुमार, भारत विहार राज्य पुर्वीचम्पारण मोतिहारी जिल्ला रक्सौल थाना बाडापरेउवा गाउँ निवासी बर्ष २४ का राम विकास कुमार र जिल्ला काभ्रेपलान्चोक धुलिखेल न.पा. वडा नं.६ बस्ने बर्ष ६० को उद्धव आचार्य रहेका छन् ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवाबाट BR05V5535 नम्बारकाे मोटरसाइकल चलाई आइरहेकाे अवस्थामा शनिबार सांझ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशाल र रामलाई लागु औषध इन्जेक्सन सहित पक्राउ गरेकाे हाे ।

दुबै जनाले २ वटा प्लाष्टिकको ग्यालीन भित्र लुकाई छिपाई ल्याएको लागु औषध ईन्जेक्सन डाईजेपाम ४०० पिस, नुर्फिन ४०० पिस र फेनरगन ४०० पिस उद्धवलाई बिक्री वितरण गरी रहेको अवस्थाबाट फेला पारी सो लागु औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:4.545 sec. Memory consumption:71.98 mb
Send this to a friend