KALIKATIMES.COM

लक डाउनमा ग्रामिण भेग : कही सुनसान र कही भिडभाड

वीरगज । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि पर्साका ग्रामिण क्षेत्रका अधिकांश सडक, बजार र गाउँहरु पनि सुनसान देखिएको छ ।

पर्साको पश्चिमी भेगमा पर्ने भिस्वा, बन्जारी, जानकीटोला, पोखरिया, सबैठवा, पकहा मैनपुर, लहावरथकरी लगायतका सडक तथा बस्तीमा मानिसहरु घर बाहिर ननिस्किएपछि सुनसान देखिएको हो ।

कोरोना भाईरसबाट बच्न मानिसहरुको भिडभाड कम गर्न तथा नजिकको सम्पर्क नै हुन नदिन सरकारले आजदेखि लक–डाउनको घोषणा गरेपछि ग्रामिण बस्तीका जनता सचेत भई घर बाहिर निस्कन नसकेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सबैठवाका प्रहरी निरीक्षक टिकाराम गौतमले जानकारी दिए ।

तर, बिहानपख केही स्थानमा लक–डाउन उल्लंघन गर्दै मानिसहरु घर बाहिर निस्किए पनि केही बेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो । प्रहरी निरीक्षक गौतमका अनुसार भारतबाट आउनेलाई सम्झाई–बुझाई गरी फर्काईएको छ । आज कुने पनि नाकाबाट भारतीयलाई नेपाल छिर्न नदिई प्रबेशमा पुर्ण रुपमा रोक लगाईएको छ ।

मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको स्वास्थ्य चौकी खेश्रहाका स्वास्थ्यकर्मी सत्रुधन गिरीले जानकारी दिनुभयो ।

लक–डाउन उल्लंघन गर्दै केहि मानिसहरु हिँडडुल गर्न थालेपछि ग्रामिण क्षेत्रको हरेक चौक चौक तथा बस्तीमा समेत प्रहरीले सम्झाइ बुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको प्रहरी निरीक्षक गौतमले बताउनुभयो ।

पकहामैनपुर गाउँपालिकाले पनि लकडाउनको पुर्ण पालना गराउन गाउँपालिका अन्तरगत १६ वटै गाउहरुमा पर्चापम्पलेट र माईकिंग समेत गरेको छ ।

कोरोना भाईरसबाट बच्न सरकारले लागु गरेको लक डाउनमा सबै जनताले साथ दिनुपर्ने लहावरथकरीका बुधिजिवी मकसुल अ‍ैसारीले बताउनुभयो । सरकारले जनताको जिउ ज्यानको रक्षा र कोरोना भाईरसबाट बच्न लक डाउन गरेर राम्रो कदम चालेको बताउनुभयो ।

यता इला प्रहरी कार्यालयले पाेखरियाले विभिन्न ठाउँमा प्रहरी खटाइ लक डाउन पालना गर्न कडाइ गरेकाे थियाे । ग्रामिण भेगकाे लंगडी, पाेखरिया, गर्दाैल, बहुअर्वा लगायतकाे ठाउँ खटेकाे प्रहरीले लकडाउनकाे पालना गर्न आग्रह साथ कडाई गरेकाे क्षलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे महुवन बजारमा भिडभाड देखिएकाे छ । लक डाउनकाे समयमा भिडभाड नगरी पालाे पालाे तरकारी खरिद गर्न सरकारले भने पनि त्याँहा त्यसकाे उलंघन भएकाे स्थानियहरुले वताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:3.670 sec. Memory consumption:72 mb
Send this to a friend