KALIKATIMES.COM

राैतहटमा ५६ र बारामा ४ सहित थप १७० जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । नेपालमा कोरोना भाइरस (काेभिड १९) संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितकाे संख्या एक हजार २ सय १२ पुगेकाे मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी गराए ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकाेटाले संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेकाे जनाए ।

संक्रमितमध्ये हालसम्म २ सय ६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अवैध काराेबारीमा त्रास, पम्पम बिल्डिङका अधिकांस कपडा पसलका सटरहरु बन्द

कालिका टाईम्स

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.176 sec. Memory consumption:72.07 mb
Send this to a friend