KALIKATIMES.COM

महुवनमा आयोजित कुस्ती प्रतियोगिताको सांंसद यादवद्वारा उद्घाटन

विरगंज । वडा दशैंको अवसरमा पर्साको सखुवापर्सौैनी गाउँपालिकाको महुवनमा आज आयोजना भएको बिराट कुस्ती प्रतियोगिताको समुद्घाटन सांसद प्रदिप यादवले गर्नुभएको छ ।

संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरीएको कुस्ती प्रतियोगितालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका सांसद यादवले मधेसको शानको रुपमा रहेको कुस्ती खेललाई प्रवर्द्धन गर्न सके प्रदेश दुईको नाम विश्व जगतमा पुर्याउन सकिने बताउनुभएको छ ।

देशका शासकहरूले मधेसको यस्ता हिराहरूलाई पहिचान गर्न ढिलाई गरेकाले कुस्ती खेल स्थानीय आयोजनामा मात्रै सिमित रहेको बताउँदै उहाँले मधेसको पहिचान तथा कुस्ती खेलाडीका गोल्डमेडलिष्ट र नव खेलाडीहरूको मनोबल बढाउने खालका कार्यक्रम केन्द्रीय स्तरबाटै आयोजना हुनेपर्नेमा आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सखुवा प्रसौनी गाउँपालीकाका अधयक्ष प्रदीप जयसवाल अध्यक्षतामा भएको प्रतियोगितामा प्रदेश सांसद प्रहलाद गिरी, प्रदेश सांसद मजुर अंसारी, जगरनाथपुर गाउँपालीकाका प्रमुख जालीम मियाँ, समाजबादी पार्टी पर्साका संयोजक राम नरेश यादव, सचिव तबरेज अहमद , वडाध्यक्ष असलम आलम लगायतको उपस्थिती रहेको थियो ।

कुस्ती प्रतियोगितामा नेपालको पर्सा, बारा , रौतहट ,धनुषा लगायत भारतको दिल्ली, बनारस, गोरखपुर, ,कुशीनगर , रामनगर लगायतका स्थानबाट राष्ट्रिय स्तरका ख्याती प्राप्त कुस्ति खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कालिकामाई युवा समाजद्वारा निःशुल्क खाजा र पानी वितरण

कालिका टाईम्स

वीरगंजमा झाँकीसहितको शोभा यात्रा र महाआरती सम्पन्न

कालिका टाईम्स

टि-१० क्रिकेट लिगको उपाधी डाक्टरलाई, महानगर बन्याे उपविजेता

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.572 sec. Memory consumption:72.05 mb
Send this to a friend