KALIKATIMES.COM

भौतिक पूर्वधार मन्त्री महासेठलाई वीरगंज निषेध गर्ने युवा संघर्ष समितिको तयारी

ptrakar samelan_kalikatimes

वीरगंज । वीरगंज विकास युवा संघर्ष समितिले आज वीरगंजमा पत्रकार सम्मेलन गरेको छ । नेपाल पत्रकार महासंघ पर्साकको भवनमा पत्रकार सम्मेलन गर्दै सिमितिले वीरगंजको मुख्य सडक फराकिलो पार्ने सन्दर्भमा भौतिक पूर्वधारमन्त्री रघुबिर महासेठको नियत पनि ठिक नभएको आरोप लगाएको छ ।

वीरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्न मन्त्री महासेठको नियत ठिक नदेखिएकोले  वीरगंज प्रवेश निषेध गर्ने समितिले चेतावनी समेत दिएको छ ।

आफुहरु मन्त्री महासेठलाई काठमाण्डौमा वीरगंजको मुख्य सडक सन्दर्भमा भेटन जादा नभेट्नुले नियत ठिक नदेखिएको समितिका अकलेश साहले आरोप लगाए । पत्रकार सम्मेलनमा वोल्दै साहले मुख्य सडक फराकिलो पार्न नेपाल सरकारको निर्णय भएकोले आफुहरु वीरगंजमा संकलन गरेको हस्ताक्षर मन्त्री महासेठलाई बुझाउन जादा नबुझ्नु र भेटन समय पनि नदिनुले मन्त्री महासेठको नियत ठिक नदेखिएको गुनासो गरे ।

मन्त्री महासेठ संग भेट्नैको लागि आफुहरु दुई दिन सम्म काठमाण्डौ मै बस्दा पनि नभेट्नुले उंहाको नियत प्रति शंका उत्पन्न भएको साहको भनाई थियो । उनले यसका साथै वीरगंज मुख्य सडक फराकिलो पार्ने कार्यको मुख्य बाधक वीरगंज उधोग वाणिजिय संघका अध्यक्ष गोपाल केडिया र महानगरका मेयर विजय सरावगी भएको आरोप लगाए ।

समितिका संदिप विक्रम साहले वीरगंजको मुख्य सडकमा पर्ने घर धनीहरुले उठाएको मुअबजाको कुरा गलत भएको वताए । उनले सडक फराकिलो पार्ने सन्दर्भमा कुनै पनि क्षतिपुर्ति नदिने राजपतमा स्पष्ट व्यवस्था रहेको वताए । मुअबजाको कुरा उठाएर सडक बिस्तार कायलाई प्रभावित गर्न खोजिएको उनको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सदस्य तेज प्रकाश निषादले आफुहरु २४ गतेको आदालतको निर्णयको प्रतिक्षामा रहेको वताए । आदलतको आदेश आए पछि पनि सडक डिभिजन कार्यालयले सडक फराकिलो गर्ने कार्य अगाडी नबढाए डिभिजन कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिए ।

उनले एउटै देशमा दुईटा कानुन हुनै नसक्ने वताउदै त्यही सडक अन्तर्गतको अरु सडक बिस्तार भए पनि बाकी सडक बिस्तार कुनै पनि हालतमा नरुकिने जिकिर गरे । विकासका बाधक जोकोईलाई पनि नछाडिने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा सिमितिका महमुद अंसारी, समसुल हक अंसारी,  राकेश पटेल, मुन्ना समानी, विवेक साह, दिपेन्द्र साह, धर्मेन्द्र पटेल, रंजित चैरसिया, शेखर अग्रवाल, रोशन साह र अर्जुन तिवारीको सहभागिता रहेको थियो ।

यस अघि नै समितिले बैठक बसी पत्रकार सम्मेलन,  सिठि जुलुश लगायतको कार्यक्रम तय गरे अनुसार पत्रकार सम्मेलन गरेको हो । यस पछि पनि सडक बिस्तारको काम अगाडि नबढे बिरोध प्रर्दश, महानगरपालिका घेराउ गर्ने लगायतको कडा ‍आन्दोलन गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जनमत पार्टी पर्साकाे जनवर्गीय संगठनकाे जिम्मेवारी बाँडफाड

कालिका टाईम्स

राेट्याक्ट क्लबद्वारा कलैया अस्पताललाई स्वास्थ्य उपकरण सहयाेग

कालिका टाईम्स

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:188. Generation time:3.449 sec. Memory consumption:71.98 mb
Send this to a friend