KALIKATIMES.COM

भत्किएको सडक नगर प्रमुख सरावगीको निर्देशनमा तत्काल मर्मत

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ नेशनल मेडिकल कलेज जाने बाटो भत्किएको सडक वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको निर्देशनमा तत्काल मर्मत गरिएको छ ।

केहिदिन अगाडि लगातारको बर्षाको कारणले सडक भाँसिएर खाल्डो बनेको स्थानमा महानगरपालिकाका नगर प्रमुख सरावगीले तत्काल मर्मत गर्नका लािग पूर्वाधातर महाशाखालाई निर्देशन दिएपछि महाशाखाबाट खटिएका कर्मचारीहरुको सक्रियतामा सडक मर्मत भएको हो ।

सडक मर्मत गरेर पूरानै अवस्थामा ल्याएपछि उक्त सडक भएर आवत जावत गर्ने स्थानीयलाई सहज भएको छ । महानगरपालिकाले सडक मर्मत सम्भारमा अत्यन्तै गम्भीरताका साथ ध्यान दिने गरेको छ ।

यसअघि वीरगंजकाे घण्टाघरदेखि पावरहाउससम्मको सडकको पीच भत्किएर खाल्डाखुल्डी बनेपछि आवतजावतमा समस्या भएपछि तत्काल महानगरपालिकाले बोलवत्र आह्वान गरेर छोटाे समयमा नै सडक निर्माण सम्पन्न गरेको थियो ।

उक्त सडक मर्मत सम्भार गरेपछि महानगर प्रमुख सरावगीको महानगरवासीले निकै प्रशंसा गरेका थिए । तोकिएको समयमा नै सडक मर्मत गरेर नगरवासीलाई राहत दिएको भन्दै महानगरवासीले नगर प्रमुखलाई धन्यवाद दिएका थिए ।

महानगर क्षेत्रमा अझैपनि सडक मर्मत सम्भार गर्नुपर्ने र कतिपय स्थानमा निर्माण नै गर्नुपर्ने रहेकोले ती स्थानहरुमा पनि यथाशक्य मर्मत सम्भार गरिने र निर्माण गर्नुपर्ने सडकका लागि बजेटको समे व्यावस्था गरिने नगर प्रमुख सरावगीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अवैध काराेबारीमा त्रास, पम्पम बिल्डिङका अधिकांस कपडा पसलका सटरहरु बन्द

कालिका टाईम्स

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.266 sec. Memory consumption:72.01 mb
Send this to a friend