KALIKATIMES.COM

बिन्दास एफएमकाे कार्यक्रममा ५१ जनाले गरे रक्तदान

वीरगंज । रेडियो बिन्दास एफएमकाे १० औं वार्षिकत्सवको पूर्व सन्ध्यामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

वीरगंजको घण्टाघरमा भएकाे खुल्ला रक्तदान कार्यक्रममा २ महिलासहित ५१ जनाले रक्तदान गरेका एफएमका निर्देशक बिरेन्द्र साहले जानकारी दिए ।   

एफएमका प्रबन्ध निर्देशक आरसी यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजेन्द्र सिंह राजपूत, प्रेम बहादुर गुरुङ, सुरज कुमार पटेल, बद्री साह कानु, भगवान चौरसिया, सोनु कुमार गुप्ता, कृष्ण महतो, महमद साहेब अंसारी, प्रकाश राज पाण्डे, अजय पण्डित, गुडु कुमार रंगोली, पानालाल पटेल, संदीप सरफ, चन्द्रिका हँसमुख, बिनोद कुमार, अहमद हुसेन, फुलसरीफ हावारी, राजीव कुमार झा, बलिराम प्रसाद दास, वीणा देवी, दुर्गा पौडेल,सरोज कुमार शर्मा, विशाल सराफ, बजरंग कुमार साह, कुन्दन मण्डल, रुपेश साह, नितेश कर्ण, हर्ष कडमिया, आकाश कुमार यादव लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन रक्तदान गरेर एफएमका प्रबन्ध निर्देशक आरसी यादवले गरेका थिए भने कार्यक्रमकाे समापन अन्तिममा रक्तदान गरेर एफएमका निर्देशक बीरेन्द्र साहले गरेका थिए ।

कार्यक्रम रक्त संचार केन्द्रकी प्राविधिक डिलि मायाँ घिमिरे नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:4.479 sec. Memory consumption:72.07 mb
Send this to a friend