KALIKATIMES.COM

बारामा चट्याङ लागेर ४ महिलाकाे मृत्यु, ७ घाइते (अपडेट)

वीरगंज । बारामा बिहीबार बिहान चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

धान रोपाइ गर्न खेतमा गएकाे बेला चट्याङले लागेर बारा कलैया उपमहानगरपालिका-१२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बिहिबार विहान नै चट्याङ लागेर बाराकै फेंटा गाउँपालिका-१ त्रिवेणीकी ३० वर्षीय सेन्दु देवी महताे र ४० वर्षीय सुनरपती देवी महताेकाे मृत्यु भएको इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

उनका अनुसार चट्याङ लागेर फेंटा गाउँपालिका-१ कै बच्वा देवी, राजपती देवी, श्रीकान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी घाइते भएका छन् । घाइते बच्वाकाे अवस्था गम्भिर रहेकाे छ ।

खेत रोपाइँ गर्ने क्रममा चट्याङ लगेका महिलाहरुकाे घटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृतकहरुकाे मुचुल्का उठाउने कार्य भइरहेकाे र त्यसपछि शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइने फेटा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

फेटाका मृतकहरुलाई तत्कालकाे लागि  रु ५० हजारकाे दरले दिइने गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:190. Generation time:3.811 sec. Memory consumption:72.31 mb
Send this to a friend