KALIKATIMES.COM

फेटामा दुई पक्ष बिच झडप, ३ जना घाइते

वीरगंज । बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेनीमा बुधबार विहान झडप भएकाे छ । झडपमा परी ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानिय ६५ बर्षिय गाया साह कानु, उनकी श्रीमती ६० बर्षिय मंजु देबी कनुइन र छाेरा ३० बर्षिय लालु साह रहेका छन् । घाइतेहरुकाे वीरगंजस्थि नारायणी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहरु मध्ये मंजुकाे अवस्था गम्भिर रहेकाे छ । उनकाे टाउकाे फुटेकाे छ भने टाउकाेमा ५ वटा टाँका लागेकाे छ ।

छिमेकीहरु सिताराम साह कानु र चन्दन साह कानुकाे रड प्रहारबाट आफु घाइते भएकाे पिडित मंजुले वताइन । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:4.249 sec. Memory consumption:72.03 mb
Send this to a friend