KALIKATIMES.COM

पोखरिया नपाको एम्बुलेन्स सेवा निशुल्क, समस्या परे वडाध्यक्षलाई भन्न आग्रह

पर्सा । पोखरिया नगरपालिकामा आज आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले आज देखि एम्बुलेन्स सेवा निशुल्क गर्नुको साथै विभिन्न निर्णय गरेको छ ।

कोरोना भाइरसको समस्या समाधान नहुनजेल सम्मको लागि एम्बुलेन्स सेवा निशुल्क गरिएको मेयर दिपनारायण रौनियारले बताउनु भयो । यस्तै बैठकले खाद्यान्न सामग्री बिक्री वितरणको लागि किराना पसल मुल्य सुची सहित विहान ६ बजे देखि ९ बजे सम्म खोल्ने र तरकारी बिक्री वितरण दिउसो २ बजे देखि ५ बजे सम्म मात्र गर्ने निर्णय गरेको हो ।

खाद्यान्न र तरकारी बिक्री वितरण गर्दा ३-३ फिटको दुरीमा ग्राहकलाई राखी गर्ने समेत निर्णय भएको मेयर रौनियारले वताउनु भयो । अहिलेको संकटको अवस्थामा कसैलाई कुनै किसिमको समस्या परे आ आफ्नो वडाध्यक्षलाई जानकारी गराउन बैठकले आग्रह समेत गरेको छ ।

मेयर रौनियारको अध्यक्षतामा बसेको बैठकमा उपमेयर सलमा खातुन, इलाका प्रहरी कार्याल पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंह, सशस्त्र प्रहरी बल पोखरियका प्रहरी निरिक्षक हरि सिंह बिष्ट र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:3.574 sec. Memory consumption:72 mb
Send this to a friend