KALIKATIMES.COM

पोखरियामा मोटरसाईसकल दुर्घटना, ३ घाइते

sawari durghatana_kalikatimes

वीरगंज । पर्साको पोखरिया बजारमा मोटरसाईसकल दुर्घटना हुदा ३ जना घाइते भएका छन् । बि. आर. २२ एम. ८१४५ भारतिय नम्बरको मोटरसाइकलले एक जना पैदल यात्रुलाई ठक्कर दिदा पैदल यात्रु सहित ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा पोखरिया नगरपालिका १ बनकटवा निवासी मोटरसाइकल चालक ४० बर्षिय मुनिलाल राम, सोहि मोटरसाइकलमा सवार बनकटवा कै ३० बर्षिय सरस्वती देवि राम र पोखरिया नपा २ लमरिया निवासी ३२ बर्षिय पैदल यात्री मिश्री साह रहेका छन् ।

घाइते ३ नै जनाको वीरगंज स्थित नारायणी अस्पातमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताउनुभयो ।

घाइते दुबै जना पुरुषको टाउकोमा गम्भीर चोट लागेको छ भने महिलाको हात भाँचेको प्रहरी निरीक्षक सिंहले जानकारी गराउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:4.693 sec. Memory consumption:71.97 mb
Send this to a friend