KALIKATIMES.COM

पाेखरिया बजार खाेलन पनि समय तालिका निर्धारण

पाेखरिया । पाेखरिया नगरपालिकाकाे नगर स्तरिय विपद् व्यवस्थापना समितिकाे बैठक आज सम्पन्न भएकाे छ । बैठकले पाेखरिया बजारमा रहेकाे पसलहरु खाेलने समय तालिका निर्धारण गरेकाे छ ।

निर्धारित समय तालिका अनुसार समाजिक दुरी कायम राखि पसल खाेलने निर्णय भएकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले जानकारी दिए ।

उनका अनुसार खाद्य बस्तु , किराना, आलु, प्याज, दुध, ग्यास, तरकारी तथा फलफुल हरेक दिन विहान ५ बजे देखी ९ बजे सम्म, रेडिमेड कपडा पसल, कसमेटिक पसल, इलेकट्रिक पसल जाेड मितिमा र हार्डवेयर, साइकल, माेटर वर्कसप, भाडा बर्तन, सुन, चांदी, फर्निचर  बिजाेर मितिमा विहान ११ बजे देखी ४ बजे सम्म खाेलने बैठकले निर्णय गरेकाे छ ।

मेयर राैनियारले बजार व्यवस्थापन सम्बन्धमा एक सुचना जारी गर्दै यस्तै कृषी तथा निर्माण सामग्री प्रत्येक दिन बेलुका ७ बजे देखी ११ बजे सम्म संचालन गर्न दिने निर्णय भएकाे जानकारी गराएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:3.627 sec. Memory consumption:72 mb
Send this to a friend