KALIKATIMES.COM

पाेखरियाको प्रमुख प्रशासकीय अधिकृतमा गिरी भए हाजिर

वीरगंज । पर्साको पाेखरिया नगरपालिलकाकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी आज हाजिर भएका छन् ।

जगरनाथपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गिरिलाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पाेखरिया नगरपालिकाकाे थप जिम्मेवारि दिए पछि उनी हाजिर भएका हुन् । नगरपालिका कार्यालय पुगेका गिरीलाई नगर प्रमुख दिपनारायण राैनियारले स्वागत गर्दै हाजिर गराएका थिए ।

साे अवसरमा उप प्रमुख सलमा खातुन लगायतका नगरपालिकाका कर्मचारी र केही वडाध्यक्षहरुकाे समेत उपस्थिती रहेकाे थियाे ।

२ महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन रहेका नगरपालिकाले आज देखी अनुभवी प्रशासकिय अधिकृत पाएकोले नगरपालिकाको अपेक्षित काम पुरा हुने नगर प्रमुख राैनियारले वताए । प्रमुख प्रशासकिय अधिकृत नभएका कारण नगरपालिकाको बिकास निर्माण कार्य अलपत्र परेका कारण अब गति लिने विश्वास व्यक्त गरे ।

नगरपालिकामा बिभिन्न किसिमकाे अपेक्षा गरिएका र जनता समक्ष प्रतिबद्धता गरिएका काम पुरा गर्न नसकिएकाले अब पुरा गर्न बाटाे खुलेकाे उपप्रमुख सलमा खातुनले बताइन ।

आजै देखी आफ्नाे कार्यभार समेत समाहलेका प्रमुख प्रशासकिय अधिकृत गिरीले जनप्रतिनिनिधि र नगरवासीकाे अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:3.709 sec. Memory consumption:71.98 mb
Send this to a friend