KALIKATIMES.COM

नेता विकास तिवारीलाई रिहा नगरे आन्दाेलन गर्ने नेवि संघको चेतावनी

वीरगंज । नेपाल विद्यार्थी संघ पर्साका सभापति विकास तिवारीलाई रिहा गर्न उनको संगठनले माग गरेको छ । वीरगञ्जमा बिहीबार पत्रकार सम्मेलन गरी नेवि संघले तिवारीलाई अनाहकमा पक्राउ गरी प्रहरीले दु:ख दिएको बताएको छ ।

उसको कुनै दोष छ भने प्रमाणित गरेर देखाउनुपर्छ, होइन भने अनाहकमा पटक पटक पक्राउ गरेर दुःख दिने अधिकार प्रहरीलाई कसले दिएको छ ?’ नेविसंघका पूर्व जिल्ला अध्यक्ष राकेश यादवले भने ‘बर्दीको आडमा प्रहरीको ज्यादती धेरै दिन सहेर बस्ने पक्षमा हामी छैनौं ।’

साउन २६ गते जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शनका क्रममा नेविसंघका जिल्ला सभापति तिवारी, उप सभापति शेष हजारा र ठाकुर राम इकाई अध्यक्ष मनोज साह पक्राउ परेका थिए । उनीहरुलाई सोही दिन राति साढे ११ बजे नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेलको जिम्मामा छाडिएको थियो । तर प्रहरीले पुनः तिवारीलाई साउन २८ गते बुधबार घरबाटै अपहरण शैलीमा गिरफ्तार गरिएको पत्रकार सम्मेलनमा नेवि संघ नेताहरुले वताए ।

पटक पटक गिरफ्तार गरेर दुःख दिएको, कसैलाई भेट गर्न नदिएको, कहिले साइबर क्राइम त कहिले सामाजिक शान्ति व्यवस्था भंग गरेको भनी आरोप लगाउने गरेको गुनासो उनीहरुको छ ।

उपचार नपाएर अनाहकमा ६ जनाले मृत्युवरण गरेको अवस्थामा त्यस्ता अस्पताललाई कारबाही गनुपर्ने र स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने माग राखेर सडक आन्दोलन गर्दा पक्राउ गरेको नेविसंघको आरोप छ ।

तिवारीलाई रिहा नगरे आन्दोलन गर्ने उनका समर्थकहरुले चेतावनी दिएका छन् । उनीहरुले आज सांझ ४ बजे वीरगंजकाे घण्टाघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने पनि जनाएका छन् । 

नेवि संघ पर्साका उपाध्यक्ष शेष हजाराको अध्यक्षमा गरिएको पत्रकार सम्मेलनमा नेवि संघका नेता अभय कर्ण, ठाकुर राम एकाई समितिका अध्यक्ष मनोज साह, केशव राज मिश्र, प्रभु साह, अकाश नेपाली, रमेश यादव, सुरेश महतो, संजय महतो लगायतकाे उपस्थिती रहेको थियो ।

प्रहरीले साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न तिवारीलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ । प्रहरीले बुधबार तिवारीलाई नियन्त्रणमा लिएपनि बिहिबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न म्याद थपका लागि अदालत पठाएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.766 sec. Memory consumption:72.08 mb
Send this to a friend