KALIKATIMES.COM

नारायणी अस्पालमा अख्तियारको छापा

akhtiyarko chhapa_kalikatimes

वीरगन्ज, ११ बैशाख ।
नारायणी अस्पाल वीरगन्जमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो ।

अस्पतालमा अनियमितता भएको भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि अख्तियारको टोली छापा मार्न पुगेको हो । छापा मार्ने क्रममा सो सम्बन्धमा अख्तियारको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एनामुल हकसँग २ घण्टा जति सोधपुछ गरेको थियो ।

मेडिकल सुपरिटेन्डेन्ट हकमाथि सामान खरिदमा अनियमितता गरेको आरोप लागेको थियो । सोही सम्बन्धमा अनुसन्धान गर्न नारायणी अस्पताल पुगेको अख्तियारको टोलीले केही कागजपत्र पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:2.834 sec. Memory consumption:71.95 mb
Send this to a friend