KALIKATIMES.COM

नारायणीलाई पुन: काेभिड अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयकाे पत्र

वीरगंज । वीरगंजकाे एक सरकारी नारायणी अस्पताललाई पुन: काेभिड अस्पताल बनाउन संघ सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएकाे छ ।

नारायणी अस्पताललाई काेभिड २ लेबलकाे काेराेना अस्पताल बनाउन पत्र प्राप्त भएकाे अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

उनले भने “नारायणीलाई काेभिड अस्पताल बनाउन शुक्रबार पत्र प्राप्त भएकाे हाे, पत्रमा उल्लेख भए अनुसार अस्पताललाई काेभिडल २ लेभलकाे निर्देशिका बमाेजिक काेभिड अस्पताल संचालन गरिन्छ । अस्पतालकाे डायलिसिस लगायतकाे सेवा बन्द गर्न ५ दिन पहिला नै पत्र प्राप्त भएकाे हाे । नारायणीमा हुदै आएकाे डायलिसिस लगायतकाे सेवा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लिनकाे पहिला जस्तै नै व्यवस्था गरिएकाे छ ।”

संकट व्यवस्थापन केन्द्रले वीरगंज हेल्थ केयरलाई काेराेना अस्पताल बनाउन सिफारिस गरेेकाे सम्बन्धमा पनि कुनै पत्र आए छ कि ? काे जवाफमा डा. उपाध्यायले पत्र आएकाे तर हामीले सम्झाैता गर्नु पर्ने हुन्छ, अस्पताल संचालकले केही शर्त राख्नु भएकाेले साे अनुसार कहाँ सम्झाैता गर्न सकिने जनाए ।

वीरगंज हेल्थ केयर अस्पतालका संचालकले आफुहरु जनशक्ति व्यवस्था गर्न नसक्ने शर्त राख्नु भएकाे छ । उनले भने “हिजाे शुक्रबार राति पनि नारायणी अस्पतालकाे एक डाक्टरमा काेराेना संक्रमण फेला परेकाे छ । नारायणी अस्पतालले अहिलेकाे अवस्थामा एकलै सबै ठाउँमा जनशक्ति व्यवस्था गर्न कहाँ सक्छ ।”

यस अघि पनि सुरुमा नारायणी अस्पतालालाई काेराेना अस्पताल बनाइएकाे थियाे । नारायणी अस्पताललाई काेराेना अस्पताल बनाएपछि त्यहाँकाे सम्पूर्ण जेनरल सेवा बन्द गरिएकाे थियाे । त्यसपछि व्यापक बिराेध भएपछि पुन: केही दिन पहिला मात्र नारायणीकाे आइसाेलेसनमा रहेका काेराेना बिरामीहरु डिस्चार्ज भएपछि जेनरल सेवा सुचारु गरिएकाे थियाे ।

अब फेरी नारायणी अस्पताललाई काेराेना अस्पताल बनाउनु नहुने जनताकाे चाहना विपरित संघ सरकारले नारायणीलाई नै काेराेना अस्पताल बनाउन निर्णय गरेकाे छ । यसले समस्या समाधान नभएर थप समस्या निम्त्याउने देखिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अवैध काराेबारीमा त्रास, पम्पम बिल्डिङका अधिकांस कपडा पसलका सटरहरु बन्द

कालिका टाईम्स

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:193. Generation time:3.201 sec. Memory consumption:72.03 mb
Send this to a friend