KALIKATIMES.COM

पर्साका ३९ संक्रमित मध्ये एक भारतिय सहित १४ जना ग्रामिण भेगका

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वा स्थित श्री मंगल माविकाे क्वारेन्टाइनमा रहेका ५७ जना मध्ये १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले वताए ।

उनले भने “शनिबार क्वारेन्टाइनमा रहेका ५७ र क्वारेन्टाइनबाट घर गइसकेका ८ जना गरी ६५ जनाकाे स्वाब संकलन गरी पिसिआर परिक्षणकाे लागि पठाइएकाे थियाे । जसकाे आज आएकाे रिपाेर्टमा १४ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।”

उनका अनुसार काेराेना संक्रमण देखिएकाहरु छिपहरमाई गाउँपालिकाकाे जयमंगलापुरका ७ जना, तुलसी बर्वाका एक जना, भिस्वाका एक जना, सम्भाैताका २ जना, धाेबिनी गाउँपालिकाका २ जना र एक भारतिय नागरिक रहेका छन् ।

संक्रमण फेला परेका सबै जना हाल भिस्वा स्थित गाउँपालिकाकाे क्वारेन्टाइनमा नै रहेका छन् । संक्रमित सबैजनालाई वीरगंज स्थित नारायणी अस्पतालमा उपचारकाे लागि पठाउन तयारी भइरहेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताए ।

उनका अनुसार संक्रमण फेला परेका सबै जना बैशाख १३ गते बागलुङबाट एउटै बसमा आएका थिए ।

उनले भने “एउटै बसमा बागलुङबाट आएका ४६ जनालाई नै हामी क्वारेन्टाइमा राखेका थियाैं । तिनीहरु कै काेराेना परिक्षण गर्दा केहीमा नतिजा पाेजेटिभ आएकाे हाे । अब बाकी सबै जना पनि ३ दिन देखी संक्रमितसंगै बस्दै आएका छन्, तिनिहरुकाे चेकअप गरे पछि मात्र घर पठाइन्छ ।”

काेराेना पुष्टि भएका पर्साका ३९ जना मध्ये १४ जना छिपहरमाईकाे क्वारेन्टाइनका रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:188. Generation time:3.605 sec. Memory consumption:71.97 mb
Send this to a friend