KALIKATIMES.COM

ज्येष्ठ नागरीक, आपाङ्ग तथा बिभिन्न सेवामा नाम निकाल्नेहरु सम्मानित

ramnagari ma saman karyakarm_kalikatimes

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ८ रामनगरीमा ज्येष्ठ नागरीक, आपाङ्ग तथा बिभिन्न सेवा र तहमा नाम निकाल्न सफल भएकाहरुलाई सम्मान गिरएकाे छ । आ.ब.२०७६।०७७ को वडा स्तरीय बार्षिक योजना अनुसार सम्मान कार्यक्रमको आयोजना गरी एक सय ४८ जनालाई सम्मान गरिएकाे हाे ।

वडाध्यक्ष पुनिलाल साह तेलिको सभापतित्वमा भएको कार्यक्रममा वडा अन्तर्गत  उतकृष्ट अंक ल्याई उर्तिण गरेका कक्षा १२ का ५ जना, कक्षा १० का १३ जना, शिक्षक सेवा पास गरेका ८ जना, नेपाली सेना तर्फ १ जना, इन्जिनियरिङ्ग छात्रबृति तर्फ १ जना, कुस्ति तर्फ १ जनालाई प्रशंसा पत्र र दोसला ओढाइ सम्मान गरिएको छ ।

साथै सोही कोर्यक्रममा पुर्ण आपाङ्ग २ जनालाई हविल चेयर र ज्येष्ठ नागरीक ११५ जनालाई दोसला र गमछा ओढाई सम्मान गरिएको वडाध्यक्ष साहले वताए । यसका साथै कार्यक्रममा १३० जना छठ गर्ने महिला ब्रतालुलाई साडी बितरण गरिएको साहले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नितेन्द्र प्रसाद साहले २०७६ सालमा एउटै वडाका ८ जना शिक्षक सेवामा नाम निकाल्ने पहिलो वडा रामनगरी भएकाेले भन्दै गाउँवासीलाई बधाई दिए । उनले रामनगरी कै दुई जना दलित छात्र/छात्रालाई नपाले खर्च बेहोर्ने गरी आगाडी बढेको र आफ्नाे कार्यकाल नरहे पनि त्यस्ता जेहेनदारलाई ब्यक्तिगत लगानि समेत गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कालिकामाई युवा समाजद्वारा निःशुल्क खाजा र पानी वितरण

कालिका टाईम्स

वीरगंजमा झाँकीसहितको शोभा यात्रा र महाआरती सम्पन्न

कालिका टाईम्स

टि-१० क्रिकेट लिगको उपाधी डाक्टरलाई, महानगर बन्याे उपविजेता

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.581 sec. Memory consumption:72.04 mb
Send this to a friend