KALIKATIMES.COM

जिराभवानीमा निर्माण भएकाे बरात घरकाे नेता रिजालद्वारा उदघाटन

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. ५ शंकरसरैयामा निर्माण भएकाे बरात घरकाे आज एक समाराेहका बिच नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले उदघाटन गरेका छन् ।

गाउँपालिका र प्रदेशकाे बजेटले निर्माण भएकाे बरात घरकाे उदघाट गर्दै केन्द्रिय सदस्य रिजालले नेकपाकाे सरकारले व्यवस्थापिका संसदलाई बन्धक बनाएकाे वताए । पार्टीकाे आन्तरिक कलहका कारण नेकपाले एउटा सभामुखकाे टुंगाे लगाउन नसकेर संसदलाई नै बन्धक बनाएकाे उनले आराेप लगाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले दुई तिहाईकाे दम्भमा नेकपाकाे सरकारले संसद र न्यालयलाई आफ्नाे अधिनमा राखी वभिन्न काण्डहरु गरि रहेकाे समेत आराेप लगाए ।

केही समय समाजवादीले दुई तिहाईकाे लागि नेकपालाई सहयाेग गरेकाे र अब राजपा सहयाेग गर्न लागेकाे नेता रिजालकाे भनाई थियाे ।

वडाध्यक्ष दारा सिंहकाे अध्यक्षतामा भएकाे उदघाटन समाराेहमा प्रदेश सांसद शंकर चाैधरी, नेपाली कांग्रेसका नेता वृहस्पति श्रेष्ठ, रमेश पाण्डे, श्रीकान्त यादव, प्रेम थापा लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

तिन काेठे निर्माण भएकाे बरात घरले गाउँमा हुने विवाहकाे लागि सहज हुने जनाइएकाे छ । बरात घर व्यवस्थापन समिति शंकरसरैयाकाे आयाेजनामा कार्यक्रम भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:193. Generation time:2.263 sec. Memory consumption:72.03 mb
Send this to a friend