KALIKATIMES.COM

जगरनाथपुरमा २ दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा सेनेटरी प्याड बनाउने २ दिने तालिम आज सम्पन्न भएकाे छ । दिव्य युवा क्लब बिरन्चीबर्वा र भिएसओ नेपालकाे साझेदारीमा संचालित किशाेरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत ठुलाे दिदीहरुकाे लागि भएकाे तालिम सम्पन्न भएकाे हाे ।

तालिममा सेनेटरी प्याड बनाउनुकाे साथै त्यसकाे प्रयाेग र ध्यान दिनु पर्ने कुराकाे बारेमा समेत प्रशिक्षण दिइएकाे परियाेजना संयाेजक गणेश ठकुरीले वताए । ठूलाे दिदीहरुकाे प्रजनन् स्वास्थ्य र महिनवारी हुदा सेनेटरी प्याड प्रयाेग विधि, सावधानी अपनाउने कुराकाे बारेमा समेत छलफलकाे माध्यमले प्रशिक्षण दिइएकाे  थियाे ।

सहभागिहरुलाई प्रशिक्षक शाेभा भुजेल, भिएसओ नेपालका कमला उप्रेती र प्रिति शर्माले प्रशिक्षण दिएका थिए । श्री नेरा मावि मसिहानीमा भएकाे तालिममा १८ जना ठुलाे दिदीहरुकाे सहभागिता रहेकाे कार्यक्रम अधिकृत देवता रिजालले वताईन ।

यस्तै पर्साकाे दुई गाउँपालिकाकाे ५ ठाउँमा एक सय २६ जना ठुलाे दिदीहरुलाई सेनेटरी प्याड बनाउने २ दिने प्रशिक्षण दिने कार्यक्रम रहेकाे उनले जानकारी गरईन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:2.697 sec. Memory consumption:72.08 mb
Send this to a friend