KALIKATIMES.COM

घरमै उत्पादन गर्न सक्ने सामान आयात हुनु दुःखद – मेयर सरावगी

वीरगंज,८असोज ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले भारतबाट आयात हुनु घरमै उत्पादन हुने समान दुःखद भएको जानकारी गराएका छन् ।वीरगंजमा घरेलु तथा साना उद्योग कार्यालय पर्साद्धारा आयोजीत बजार मेला व्यवसायिक उत्सवको उद्घाटन समाहारोमा मेयर सरावगीले भने घरमै उत्पादन गर्न सक्ने सामान आयात हुनु दःुखद भएको बताए ।

गृहणी महिलाले सीप सिकेर ‘घर घरमा उत्पादन हुन समान भारतबाट आयात भइरहेको तथा गृहणी महिलाले ‘घरमा काम गरिसकेपछि फुर्सदको समयमा काम गर्दा हुन्छ, उत्पादित समान कहाँ, कसरी बिक्री गर्ने भन्ने सवालमा घरेलु, उद्योग वाणिज्य संघ र महानगरपालिकाले समन्वय गरिदिनुपर्छ विषयमा जोड दिए ।’सीप सिकौं आत्मनिर्भर बनौं भन्ने नाराका साथ शुरु गरिएको मेला असार १२ गतेसम्म चल्ने घरेलु तथा साना उद्योग कार्यालयकी लेखा अधिकृत सरिता खड्काले बताईन् ।

मेलामा प्रजेक्ट प्रेमा एण्ड मार्ट, वुमन स्किल सेन्टर, चेली कृषि सहकारी संस्था, हिमोरा प्लाष्टिक उद्योग लगायतका संघ संस्थाका १० वटा स्टल राखिएको छ । मेलामा डल कुसन, महिलाले प्रयोग गर्ने विभिन्न सामाग्री, अचार, पापड, जुत्ता चप्पललगायतका हस्तकलाका सामाग्री प्रदर्शनीमा राखिएको छ ।घरेलु तथा साना उद्योग कार्यालय वीरगंजकी प्रमुख उद्योग अधिकृत रिमा साहले उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:4.099 sec. Memory consumption:72.36 mb
Send this to a friend